ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु, चार घाइते

माधव अर्याल

पाल्पा — जिल्लाको पूर्वखोला-२ जल्पा मैदानमा शनिबार ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।

ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु, चार घाइते

लु १ त ८३७७ नम्बरको ट्र्याक्टर दुर्घटनामा परी पूर्वखोला-२ मैदानका मनबहादुर बारघरेको मृत्यु भएको हो । दुर्घटनामा जल्पा मैदानका कर्णबहादुर कँवर, रेवन्त हिस्की, तीलबहादुर गाहा, सुशान्त सारु रहेको वडाध्यक्ष निरबहादुर सारुले बताए ।
तारे गहिराबाट बालुवा लिएर मैदानतर्फ जाँदै गर्दा ट्र्याक्टर दुर्घटना भएको उनले बताए । घाइतेको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाग्रस्त ट्र्याक्टर सडकदेखि ५० मिटर तल खसेको छ । दुर्घटनाको कारण थाहा हुन सकेको छैन ।

प्रकाशित : पुस १, २०७४ १७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?