३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

लोकमार्गको कामले गति लियो

भोजपुर — मध्यपहाडी राजमार्गअन्तर्गत सदरमुकामको देउराली बजारदेखि चखेवाभञ्ज्याङ ४२ किमि स्तरोन्नतिको काम अघि बढेको छ । इन्जिनियर रवीन्द्र महर्जनका अनुसार प्रत्येक ७ किमिका पाँच वटा प्याकेजमा बाँडेर काम अघि बढाइएको हो ।

लोकमार्गको कामले गति लियो


देउरालीबजारदेखि सेराखोला माथिसम्म ७ किमि पहिलो प्याकेजमा ५० प्रतिशत काम सकिएको छ । ग्राभेलका लागि सबवेस, सबग्रेड र लेभल सुधारका काम अन्तिम चरणमा पुगेको छ । पाँच वर्षयता निर्माण थालेको सेराखोलाको ३५ मिटर लम्बाइको पक्की पुल हालै निर्माण सकिएर सञ्चालनमा आइसकेको छ । फिनिसिङका थप काम भइरहेका छन् ।
सेराखेलादेखि साउनेसम्म ७ किमि दोस्रो तथा साउनेदेखि चखेवासम्म २८ किमिको पहिलो ७ किमि अर्थात् तेस्रो प्याकेजमा स्ट्रक्चर र सबवेस तयारी काम भइरहेका छन् । यस खण्डको पिखुवाखोलामा ६ वर्षदेखि निर्माण थालेको ५० मिटरको सेतीबगर पक्की पुलको सबवेसका काम भर्खरै सकिएका छन् । यसअघि फाउन्डेसनको काममात्रै गरेर ठेकेदारले अलपत्र छोडेको थियो । यसैगरी २० मिटरको याङटाङ र २५ मिटरको हिंखुवा पक्की पुल एक वर्षयता निर्माण सकिएर सञ्चालनमा आइसकेका छन् ।
राजमार्गअन्तर्गत ४ पक्की पुलमध्ये सेतीबगर बाहेकका तीनवटै सञ्चालनमा आइसकेका छन् । चखेवासम्मको बाँकी १४ किमि भने ‘ट्रयाक ओपन’ का काममात्रै भएको छ । देउरालीबजारदेखि सेराखोला तथा साउनेदेखि चखेवा खण्ड गोल्डेन निर्माण कम्पनीले ठेक्का लिएका छन् ।
सेराखोलादेखि साउने खण्डको भने लोकवीर कम्पनीले ठेक्का पाएको छ । गोल्डेनले पहिलो प्याकेजको देउरालीबजारदेखि सेराखोला खण्ड निर्माण सकेपछि तेस्रो र चौथो प्याकेजअन्तर्गत काम थाल्ने भएकाले ‘ट्रयाक ओपन’ मात्र सकिएको इन्जिनियर महर्जनले बताए । ‘अहिलेसम्म देउरालीबजारदेखि चखेवा खण्ड स्तरोन्नति काम ३५ प्रतिशत सकिएको छ, प्याकेजगत रूपमा भन्ने हो भने पहिलो खण्ड यसै वर्ष कालोपत्रे गर्ने लक्ष्य छ,’ उनले भने, ‘जतिसक्दो चाँडो निर्माण कामलाई गति दिन खोजेका छौं ।’

 

प्रकाशित : पुस ३, २०७४ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?