१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

दुई छात्राको कंकाल भेटियो

लमजुङ — साढे चार महिनादेखि बेपत्ता दुई स्कुले छात्राको कंकाल फेला परेको छ । सुन्दरबजार–५ खहरेको विद्याज्योति माविमा ९ कक्षामा अध्ययनरत १६ वर्षीया प्रीति गुरुङ र १५ की कृति गुरुङको कंकाल भेटिएको हो ।


सुन्दरबजार–५ कै थाक्ले सामुदायिक वनको हुँडखोलाको जंगलमा फेला परेको कंकाललाई लुगा र चप्पल हेरेर स्थानीयले पहिचान गरेको प्रहरीले जनाएको छ । उक्त कंकाल परीक्षणका लागि प्रहरीले आइतबार राजधानीको त्रिवि शिक्षण अस्पताल पठाएको छ ।
विद्यालयका शिक्षक हस्तबहादुर गुरुङका अनुसार यी दुई विद्यार्थी मिल्ने साथी थिए । मालिङ घर भएकी प्रीति सुन्दरबजार–७ स्थित मामाघरमा बसेर पढदै थिइन् । तनहुँको भानु–१० रूपाकोट घर भएकी कृति परिवारका साथ सुन्दरबजारमा बसेर पढ्दै आएकी थिइन् ।
शनिबारको दिन साउन २० मा बेंसीसहर नजिकैको आकासे झरना घुम्न निस्किएका उनीहरू त्यसयता घर फर्केका थिएनन् ।

प्रकाशित : पुस ३, २०७४ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?