कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

मेची पुलमा दुर्घटना, एकको मृत्यु

पर्वत पोर्तेल

काँकडभिट्टा — नेपाल–भारत जोड्ने मेची पुलमा सोमबार अपरान्ह भएको सडक दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।

भारतबाट नेपालतिर आउँदै गरेको एमएल ०५ डि ४०१३ नम्बरको मालवाहक ट्रकले सोही दिशावाबा आइरहेको मे२प १७८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकल चालक अर्जुनधारा-१ का १९ वर्षीय मनोज भुजेलको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।

प्रहरीका अनुसार व्यस्त पुलमा ट्रकलाई ओभरटेक गर्न खोज्दा ट्रकले मोटरसाइकललाई ठक्कर दिएको थियो । मृतकको शव पोष्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर लगिएको छ ।

प्रकाशित : पुस ३, २०७४ १७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?