१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७
उपत्यका

National

धनकुटामा प्रदेश राजधानीको माग राख्दै धर्ना र प्रदर्शन

प्रदेश राजधानीको माग राख्दै मंगलबार पनि धनकुटामा स्थानीयवासीले प्रदर्शन जारी राखेका छन् । अपरान्हदेखि सयौंको संख्यामा भेला भएका स्थानीयले प्रदेश नं.१ को राजधानी धनकुटालाई कायम गरिनु पर्ने माग राख्दै प्रदर्शन गरेका हुन् ।

धनकुटामा प्रदेश राजधानीको माग राख्दै धर्ना र प्रदर्शन

प्रदेश ४ को मुख्यमन्त्री कार्यालय टुंगो

प्रदेश ४ को मुख्यमन्त्री कार्यालय कास्की जिल्ला समन्वय समिति (जिसस) को कार्यालयमा रहने भएको छ । निवास भने राष्ट्र बैंक चोकस्थित क्षेत्रीय सिँचाइको क्वाटरमा रहने सहमति भएको छ ।

कर्मचारीकै अटेरी

दुर्गमको धार्चे गाउँपालिकाको विकासका लागि प्रमुखसँग योजनाका चाङ छन् । तर, कुनै पनि योजनाले गति लिएका छैनन् । १ सय ५० भन्दा बढी योजना बोकेर गाउँपालिका प्रमुख सन्तोष गुरुङ सदरमुकामदेखि मन्त्रालयसम्म धाइरहेका छन् ।

लेखापाल २३ दिनदेखि बेपत्ता

पूर्वाञ्चल क्षेत्रीय हुलाक निर्देशनालय विराटनगरबाट काजमा खटिएका लेखापाल कुलबहादुर थापा २३ दिनदेखि बेपत्ता भएका छन् । निर्देशनालयबाट मंसिर ६ मा जिल्ला हुलाक कार्यालय उदयपुर र सप्तरीको भ्रमणमा गएका थापा ९ गतेदेखि बेपत्ता भएका हुन् ।

‘अब समृद्धि र स्थिरता’

पूर्वप्रधानमन्त्री एवं एमाले नेता माधवकुमार नेपालले मुलुक राजनीतिक स्थायित्वतर्फ उन्मुख रहेकाले छिमेकी तथा मित्र मुलुकहरू पनि खुसी हुनुपर्ने बताएका छन् ।

 ‘अब समृद्धि र स्थिरता’

नेकपाका कार्यकर्ता थुनामुक्त

प्रतिनिधि र प्रदेशसभा चुनाव भाँड्न सक्ने भन्दै नियन्त्रणमा लिएका नेपाल कम्युनिस्ट पार्टीका ३१ नेता/कार्यकर्तालाई प्रहरीले सोमबार थुनामुक्त गरेको छ । चुनावविरोधी गतिविधि गर्नसक्ने आशंकामा उनीहरूलाई एक महिनाअघि पक्राउ गरिएको थियो ।

पुस ३, २०७४

बन्द खुलेपछि जनजीवन सामान्य

प्रदेश नं.१ को राजधानी धनकुटालाई कायम गरिनु पर्ने माग राख्दै आज आव्हान गरिएको बन्द कार्यक्रम अपरान्हपछि फिर्ता लिईएको छ । बन्द फिर्ता लिएपछि अपरान्ह ४ बजेपछि यातायात सञ्चालनमा आएको छ ।

बन्द खुलेपछि जनजीवन सामान्य

भक्तपुरमा प्रदेश राजधानी, पूर्वाधार पर्याप्त : टोली

प्रदेशको राजधानी स्थापनाका लागि प्राविधिक टोलीले भौतिक पूर्वाधारको अध्ययन गरी प्रतिवेदन तयार गरेको छ । जिल्लामा प्रदेश ३ को राजधानी/केन्द्र बनाउन सरोकारवाला व्यक्तिहरूले प्रस्ताव गरिरहेको अवस्थामा सहरी विकास तथा भवन विभाग डिभिजन कार्यालय भक्तपुरको प्राविधिक टोलीले मुख्यमन्त्रीको कार्यालय, मन्त्रालय र सचिवालयका लागि भौतिक पूर्वाधार तयारी अवस्थामा रहेको प्रतिवेदन पेस गरेको छ ।

तेस्रो किस्ता पाउने शून्य

भूकम्पपीडित लाभग्राहीको सूचीमा रहेका ३५ हजारभन्दा बढीले दोस्रो किस्ता नलिएको तथ्यांकले देखाएको छ । जिल्ला समन्वय समिति काठमाडौंको तथ्यांकअनुसार ३५ हजार १ सय ६२ जनाले अझै दोस्रो किस्ता पाइसकेका छैनन् ।

लोकमार्गको कामले गति लियो

मध्यपहाडी राजमार्गअन्तर्गत सदरमुकामको देउराली बजारदेखि चखेवाभञ्ज्याङ ४२ किमि स्तरोन्नतिको काम अघि बढेको छ । इन्जिनियर रवीन्द्र महर्जनका अनुसार प्रत्येक ७ किमिका पाँच वटा प्याकेजमा बाँडेर काम अघि बढाइएको हो ।

लोकमार्गको कामले गति लियो

पहिले दलका उम्मेदवार, अब साझा नेता

उम्मेदवारहरूले टोल भेला र घरदैलोमा आफूलाई बाटो देखाउन स्थानीय खोज्छन् । जसले घरघर चिनेको छ, कता जाँदा उम्मेदवारले प्रभाव पार्न, आफ्नो पक्षमा मतदाता रिझाउन सक्छ, उही स्थानीय अगुवा रोजाइको हुन्छ । पोखरा तालचोकका ४४ वर्षीय धर्म सुवेदी यसैगरी हिँडेका थिए । उनले कांग्रेसका उम्मेदवारलाई बाटो देखाए । घरदैलोमा अघिअघि हिँडे ।

५० वर्षपछि ‘कमब्याक’

ऐतिहासिक एवं पर्यटकीयस्थल चित्लाङ अहिले फेरिएको छ । यहाँ केही वर्ष अघिसम्म भत्किएका र जीर्ण पाटी, पौवा र पुराना घरहरू मात्र देखिन्थ्यो ।

गाउँपालिका प्रमुख कृषिमा नमुना व्यक्ति

सिंहदरबारले प्रयोग गर्दै आएका कतिपय अधिकारसमेत पाएको भनिएको स्थानीय तहका प्रमुखको दैनिकी कस्तो होला ? धेरैजसोको उत्तर हुन्छ, ‘बिहानदेखि साँझसम्म भेटघाट, गोष्ठी, बैठकमा दौडधुप, योजना निर्माण अनुगमन आदि ।’

गाउँपालिका प्रमुख कृषिमा नमुना व्यक्ति

बालविवाह घटाउन मोबाइल र फेसबुक बाधक

बालविवाह हुनेमा मुलुककै पाँचौं जिल्ला बैतडीमा आधुनिक सञ्चारका साधन र सामाजिक सञ्जालको दुरुपयोगले नियन्त्रणमा चुनौती थपिएको सरोकारवालाले बताएका छन् ।

प्रदेशसभा स्थलमा सहमति

प्रदेश ४ को प्रदेशसभा भवनसहित सचिवालय र आवश्यक प्रादेशिक संरचना नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्र परिसरमा रहने भएको छ । यसका लागि स्थानीयस्तरमा सहमति जुटेको हो ।

प्रदेशसभा स्थलमा सहमति

दानबाटै ८ करोडको मन्दिर

पहिलो पटक पवित्र धार्मिकस्थल देवघाट पुग्ने भक्तजन यहाँ मन्दिरै मन्दिर होलान् भन्ने कल्पना गर्छन् । साना मठमन्दिर मात्र देख्दा आश्चर्यमा पर्छन् । गलेश्वर आश्रमका स्वामी आत्मानन्द गिरीले यो कुरा थाहा पाए । उनलाई भव्य मन्दिर बनाउने हुटहुटी जाग्यो ।

दानबाटै ८ करोडको मन्दिर

दुई छात्राको कंकाल भेटियो

साढे चार महिनादेखि बेपत्ता दुई स्कुले छात्राको कंकाल फेला परेको छ । सुन्दरबजार–५ खहरेको विद्याज्योति माविमा ९ कक्षामा अध्ययनरत १६ वर्षीया प्रीति गुरुङ र १५ की कृति गुरुङको कंकाल भेटिएको हो ।

पाठ नसकी परीक्षा तयारी

दोस्रो त्रैमासिक परीक्षाको तयारीमा रहेका जिल्लाका अधिकांश विद्यालयले त्यसअनुसार पाठ्यक्रम पूरा गरेका छैनन् । कम्तीमा ७० प्रतिशत पाठ्यक्रम पढाइसक्नुपर्नेमा अहिलेसम्म ३० प्रतिशत पनि सकेका छैनन् । यस्तैमा उनीहरू चाँडोभन्दा चाँडो परीक्षा सकेर जाडो बिदा दिने योजनामा छन् ।

‘खुसी गाउँ’ बनाउँदै आमाहरू

कस्तो गाउँलाई खुसी गाउँ भन्ने ? पश्चिम सुर्खेतको बराहताल गाउँपालिका–८ बेलचौरका आमाहरू आफैंले त्यसका लागि दर्जन बढी सूचक बनाएका छन् । उनीहरू दुई वर्षयता गाउँलाई नै खुसी बनाउन जुटेका छन् । तिनै सूचक पूरा गरेर आगामी चैतभित्रै बेलचौर ‘खुसी गाउँ’ बन्ने उनीहरूको विश्वास छ ।

 ‘खुसी गाउँ’ बनाउँदै आमाहरू