लेखापाल २३ दिनदेखि बेपत्ता

मोरङ — पूर्वाञ्चल क्षेत्रीय हुलाक निर्देशनालय विराटनगरबाट काजमा खटिएका लेखापाल कुलबहादुर थापा २३ दिनदेखि बेपत्ता भएका छन् । निर्देशनालयबाट मंसिर ६ मा जिल्ला हुलाक कार्यालय उदयपुर र सप्तरीको भ्रमणमा गएका थापा ९ गतेदेखि बेपत्ता भएका हुन् ।

उनकी पत्नी रेवताले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरी पतिको खोजी गरिदिन सरोकारवाला निकायलाई आग्रह गरिन् । ‘मंसिर ९ गते बिहान ७ बजे आफूले फोन गरेपछि भण्टाबारीबाट हिँड्न लागेको भन्नुभएको तर आजसम्म आउनुभएको छैन,’ उनले भनिन्, ‘कार्यालय प्रयोजनका लागि खटिएका आफ्ना पतिको खोजीमा प्रहरी प्रशासनलाई गम्भीरतापूर्वक लाग्न आग्रह गर्दछु ।’ 
विराटनगर १ घर भएका थापा र निर्देशनालयका शाखा अधिकृत रामप्रसाद नेपालसँगै भ्रमणमा गएका थिए । मंसिर ८ गते राजविराजबाट विराटनगरका लागि बसमा आउने क्रममा थापाले भन्टाबारीमा नै राति बस्ने भन्दै जिद्दी गरेर ओर्लेको नेपालको भनाइ उद्धृत गर्दै रेवताले सुनाइन् ।

प्रकाशित : पुस ४, २०७४ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?