३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

नेकपाका कार्यकर्ता थुनामुक्त

दाङ — प्रतिनिधि र प्रदेशसभा चुनाव भाँड्न सक्ने भन्दै नियन्त्रणमा लिएका नेपाल कम्युनिस्ट पार्टीका ३१ नेता/कार्यकर्तालाई प्रहरीले सोमबार थुनामुक्त गरेको छ । चुनावविरोधी गतिविधि गर्नसक्ने आशंकामा उनीहरूलाई एक महिनाअघि पक्राउ गरिएको थियो ।

चुनाव सकिएपछि जिल्ला प्रशासनले सामान्य धरौटीमा छाडेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरिबहादुर बीसीले जानकारी दिए । नेकपाका जिल्ला सेक्रेटरी सविन पोख्रेलले बिनाकारण प्रहरीले आफ्ना नेता/कार्यकर्तालाई पक्राउ गरी हिरासतमा यातना दिएको बताएका छन् ।

प्रकाशित : पुस ४, २०७४ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?