२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

धनकुटामा प्रदेश राजधानीको माग राख्दै धर्ना र प्रदर्शन

माइतीघर मण्डलामा धर्ना

धनकुटा — प्रदेश राजधानीको माग राख्दै मंगलबार पनि धनकुटामा स्थानीयवासीले प्रदर्शन जारी राखेका छन् । अपरान्हदेखि सयौंको संख्यामा भेला भएका स्थानीयले प्रदेश नं.१ को राजधानी धनकुटालाई कायम गरिनु पर्ने माग राख्दै प्रदर्शन गरेका हुन् ।

धनकुटामा प्रदेश राजधानीको माग राख्दै धर्ना र प्रदर्शन

धनकुटा बजारस्थित मदनचोकबाट ऱ्यालीसहित बजारका विभिन्न स्थानको परिक्रमापछि कोणसभा गरिएको थियो । वक्ताहरुले पर्याप्त पुर्वाधार रहेको तथा राणाकालदेखि हालसम्म पूर्वको मुख्य प्रशासनिक थलोको रुपमा स्थापित जिल्लालाई प्रदेशको राजधानी कायम गरिनु पर्ने जोड दिएका छन् । प्रदेशको राजधानी माग गर्दै धनकुटामा विगत पॉच दिनदेखि आन्दोलन जारी छ ।

यसैगरी, काठमाडौंमा बस्दै आएका धनकुटाका नागरिकले मंगलबार माइतीघर मण्डलामा धर्ना दिएका छन् । प्रतिनिधिसभा सदस्य राजेन्द्र राई, उद्योगमन्त्री सुनिलबहादुर थापा, निवर्तमान सांसद् मनोहरनारायण श्रेष्ठ, उदय नेपाली, प्रदेशसभाका सदस्य निरन राई तथा इन्द्रमणि पराजुली, धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ, उपमेयर शकुन्तला बस्नेत, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ, उद्योग वाणिज्य संघका अध्यक्ष उमेश घिमिरेलगायत धर्नामा सामेल थिए ।

पर्याप्त पुर्वाधार तथा भौगोलिक रुपम केन्द्रमा रहेको धनकुटामा राजधानी तोक्न वक्ताहरुले माग गरे ।

प्रकाशित : पुस ४, २०७४ १६:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?