कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

दलित बस्तीमा लत्ताकपडा र ब्लाङ्केट वितरण

मोरङ — चिसो र शीतलहरबाट प्रभावित विराटनगर महानगरपालिकाका विपन्न एक सय घरपरिवारलाई बिहीबार लत्ताकपडा र ब्लाङ्केट वितरण गरिएको छ । 

दलित बस्तीमा लत्ताकपडा र ब्लाङ्केट वितरण

ओरन्टल होटल लिमिटेड (र्‍याडिसन होटल) श्रम सम्बन्ध समितिले विराटनगर महानगरका वडा नं २, ४ र ५ का दलित बस्तीमा न्यानो लत्ताकपडा वितरण गरेको हो ।

वडा नं. २ को बूढीगंगास्थित उराउ बस्तीका १० घर, वडा नं ४ बस्ताटोलमा बसोबास गर्ने बाँतर, सरदारका २० घर परिवार, ५ को पासवान बस्तीका २० घर परिवारलाई अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुरेन्ट मजदूर संघ र्‍याडिसन इकाईका अध्यक्ष रामेश्वर अधिकारी, कोषाध्यक्ष रामहरि भण्डारीलगायतले बस्तीमै पुगेर न्यानो कपडा वितरण गरेका हुन् ।

राहत वितरणको लागि स्थानीयस्तरमा अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय सचिव एवं मोरङ जिल्ला इञ्चार्ज उपेन्द्रकुमार रायले सहजीकरण गरेका थिए ।


प्रकाशित : पुस ६, २०७४ १७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?