२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९
उपत्यका

National

पूर्वराजा नेपालगन्जमा

पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित नेपालगन्ज आएका छन् । उनको निजी भ्रमणमा पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानी पनि सहभागी छन् । 

पूर्वराजा नेपालगन्जमा

मोटरसाइकल चालकको मृत्यु

ट्याक्टरको ठक्करबाट शुक्रबार दिउँसो गौरादह नगरपालिका-१ का २४ वर्षीय भानु थापाको मृत्यु भएको छ ।भित्री सडक खण्डमा मे १ त ४५०१ नम्बरको ट्याक्टरले विपरीत दिशाको मे ८ प ४०७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

मोटरसाइकल चालकको मृत्यु

पर्खालले थिचेर मजदुरको मृत्यु

शौचालयको सेफ्टी ट्यांकीको पर्खाल भत्किएर कमल गाउँपालिका-५ मा एक भारतीय मजदुरको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय दमकका अनुसार भारत बिहार अररिया ठेलापुर थाना सिक्ठी-५ तेराखादका ५० बर्षीय गोजानन्द सरदारको मृत्यु भएको हो । 

पर्खालले थिचेर मजदुरको मृत्यु

राज्यले बेवास्ता गरेको माझी समुदाय 

पूर्वी अरुण गाउँपालिका – ६, माझीगाउँमा १० घर माझी समुदाय बस्छन् । सदियौंदेखि बस्दै आएका माझीहरुको जिवनशैली भने अझै पुरानै छ ।

राज्यले बेवास्ता गरेको माझी समुदाय 

स्वास्थ्य सेवामा कर छली 

रामपुर नगरपालिका, १ गाडाकोटकी ४३ वर्षीया विनिता मल्लले रामपुर बेझाँडस्थित मेडिकलमा गएर डाक्टरसंग जाँच गराएको चार सय रुपैयाँ तिर्नु पर्‍यो । उनले डाक्टरलाई देखाए वापतको उक्त पैसा तिरेकी हुन् ।

स्वास्थ्य सेवामा कर छली 

साक्षरता कक्षाले पढाइमा सुधार

एउटा आरोप छ, जनजातिले नेपाली भाषा राम्रोसँग पढ्न सक्दैनन् । तर यहाँ भने बेग्लै छ । जनजाति र दलितको बाक्लो बस्तीका बालबालिका नेपाली भाषा फर्रर पढ्न सक्छन् । कालिका आधारभूत विद्यालय जुठापौवामा कक्षा १, २ र ३ मा अध्ययन गर्नेको पठन संस्कृति बदलिएको छ ।

साक्षरता कक्षाले पढाइमा सुधार

जनप्रतिनिधि भेट्नै मुस्किल

स्थानीय तहमा जनप्रतिनिधि चुनिएको सात महिना बित्यो । तर, यस अवधिमा कतै पनि स्थानीयलाई परिवर्तनको अनुभूति हुने गरी विकास गतिविधि अघि बढेको छैन । कार्यविधि नआएको भन्दै कतिपय स्थानीय तहले परिषद् बैठकसम्म गर्न सकेका छैनन् । निर्वाचनताका गरिएको प्रतिबद्धता जनप्रतिनिधिले बिर्सिएको मतदाताको गुनासो छ । 

जनप्रतिनिधि भेट्नै मुस्किल

नाम फेर्दा विरोध

पूर्वी रोल्पाको सुवर्णावती र सुकीदह गाउँपालिकाको नाम फेर्ने प्रस्तावमा विपक्षीले तीव्र विरोध जनाएका छन् । सुवर्णावतीको नयाँ नाम ‘सुनील स्मृति गाउँपालिका’ राख्ने प्रस्तावपछि कांग्रेस समर्थित पदाधिकारीले असहमति जनाएका हुन् । 

नाम फेर्दा विरोध

जिसस कर्मचारी जिम्मेवारीविहीन

स्थानीय विकास अधिकारी यामप्रसाद सुवेदी बिहान १० बजे जिल्ला समन्वय समिति (जिसस) पुग्छन् । पुसको चिसोमा दिनभर बाहिर चौरमा घाम ताप्छन्, चिया मगाउँछन्, कर्मचारी भेला गर्छन् अनि सुरु हुन्छ, रमाइला गफ । घाम अस्ताएपछि चिसो बढ्न थाल्छ । अनि कर्मचारीहरू ‘४ बज्यो’ भन्दै निवास फर्कन्छन् ।

जिसस कर्मचारी जिम्मेवारीविहीन

भूपि राजमार्गमा धमाधम काम

मध्यपहाडी लोकमार्गको याम्दीदेखि पोखरा–बागलुङ (भूपि) राजमार्ग खण्डमा धमाधम स्तरोन्नतिको काम भइरहेको छ । याम्दीदेखि पूर्व लमजुङ सीमाको करापुटारसम्म भने रेखांकन नहुँदा काम भएको छैन ।

भूपि राजमार्गमा धमाधम काम

पुरातात्त्विक क्षेत्रमै बालुवा संकलन

विश्व सम्पदाको प्रारम्भिक सूचीमा परेको बुद्धस्थल तिलौराकोटमा नदीजन्य पदार्थ संकलन थालिएको छ । यहाँस्थित केन्द्रमा ट्रिपर र ट्रयाक्टरले दिनभर बालुवा डम्पिङ गर्छन् । वाणगंगा नदीको सगरहवा, तिलौरी र रामघाटबाट बालुवा ल्याएर डम्पिङ गर्न थालिएको हो ।

पुरातात्त्विक क्षेत्रमै बालुवा संकलन

सीमा–स्तम्भ अध्ययन

नेपाल–भारतको संयुक्त टोलीले कैलाली र कञ्चनपुर जिल्लाका सीमा–स्तम्भको स्थलगत अध्ययन थालेको छ । कैलालीको ७ सयदेखि कञ्चनपुरको ब्रह्मदेव नजिकको ८ सय ११ नम्बर सीमा–स्तम्भसम्मको अध्ययन गरी मर्मतसम्भार गरिने भएको छ ।

सीमा–स्तम्भ अध्ययन

कारागार झडपमा ६ घाइते

भीमफेदीस्थित क्षेत्रीय कारागारमा बन्दीकै बीचमा बिहीबार झडप हुँदा ६ जना घाइते भएका छन् । घाइतेको हेटौंडास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ । ‘ख’ ब्लकका बन्दी र चौकीदारबीच झडप भएको कारागार प्रशासनले जनाएको छ ।

कारागार झडपमा ६ घाइते

तुइन विस्थापन गर्न झोलुंगे पुल

मकवानपुरमा एकै वर्ष ९ वटा झोलुंगे पुल निर्माण भएका छन् । यो अवधिमा २ वटा तुइन विस्थापन गरिए । मकवानपुरगढी गाउँपालिकाअन्तर्गत गढी र आमभन्ज्याङ जोड्ने गरी सामरी खोला र भीमफेदी गाउँपालिकाअन्तर्गत त्रिखण्डे मन्दिर नजिकका तुइन हटाई झोलुंगे पुल बनाइएको छ । ‘गत आवमा ९ वटा झोलुंगे पुल बने पनि २ वटा मात्र तुइन विस्थापन भएका छन्,’ जिल्ला प्राविधिक कार्यालयका प्रमुख इन्जिनियर सोमनाथ तिमल्सेनाले भने, ‘काम अझै बाँकी छ ।’ 

तुइन विस्थापन गर्न झोलुंगे पुल

वनभोजमा हात्तीको ताँती

१४ औं चितवन हात्ती महोत्सवमा बिहीबार अघिपछिभन्दा छुट्टै भीडभाड थियो । बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा दर्शक हुल बाँधेर बसेका थिए । कतै बालबालिकाको जमात थियो त कतै युवायुवतीको । पाका उमेरका झन् के कम । पैलेंटी कसेरै भुइँमा बसी एक तमासले मैदानतर्फ नियालिरहेका थिए । यो भीड बढ्नुको मुख्य कारण थियो हात्तीको वनभोज ।

वनभोजमा हात्तीको ताँती

ह्वीलचियरबाटै १८ दिन यात्रा

चार वर्षअघि रामबहादुर तामाङले काभ्रेको नमोबुद्धदेखि लुम्बिनीसम्मको ३ सय ६६ किमि दूरी मेरुदण्डको महत्त्वका बारेमा जनचेतना जगाउँदै ह्वीलचियरबाट २६ दिनमा पूरा गरेका थिए । यसपटक उनी पुन: अर्को सन्देश दिन यात्रामा निस्किएका छन् । ह्वीलचियरबाटै बुद्ध जन्मस्थल लुम्बिनीबाट ज्ञानप्राप्तिस्थल भारतको बोधगयासम्मको ५ सय ५३ किमि लामो १८ दिने यात्रामा ।

ह्वीलचियरबाटै १८ दिन यात्रा

७ किमि पार गर्न २ घण्टा !

विकल्पबिना सडक निर्माण गर्दा सर्वसाधारणले सास्ती खेप्ने गरेका छन् । निर्माण कम्पनीले मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ बजार–काठेखोला बीचको ७ किमि सडक ठाउँठाउँमा भत्काएर अलपत्र छाडेपछि समस्या भएको हो ।

७ किमि पार गर्न २ घण्टा !

एक किमिको ११ रुपैयाँ 

मन्थलीबाट ६५ किमि दूरीको बाम्ती पुग्न सवारी साधनले ७ सय रुपैयाँ भाडा असुल्ने गरेका छन् । १५ किमि पक्की र बाँकी कच्ची पर्ने सडकमा यो भाडादर प्रतिकिमि झन्डै ११ रुपैयाँ हो । यातायात सञ्चालकहरू त्यति भाडामा पनि सन्तुष्ट छैनन् ।

एक किमिको ११ रुपैयाँ 

रुकुमका विद्यालयमा कम्प्युटरबिनै पढाइ

मुसिकोट नगरपालिका १० को मालिका माविमा नयाँ शैक्षिक सत्र सुरु भएयता विद्यार्थीले कम्प्युटर छुनसमेत पाएका छैनन् । ६ देखि १० कक्षासम्मका विद्यार्थीले प्रयोग नै नगरेर मौखिक आधारमा कम्प्युटर शिक्षा लिइरहेका छन् । कम्प्युटर अभावमा यस्तो समस्या आएको होइन ।

रुकुमका विद्यालयमा कम्प्युटरबिनै पढाइ

अस्पतालको निर्माणाधीन भवनमा सिलबन्दी

राष्ट्रिय क्षयरोग केन्द्रको निर्माणाधीन भवनमा मध्यपुर थिमि नगरपालिकाले सिलबन्दी गरेको छ । मध्यपुर थिमि–४ तछुटोलस्थित केन्द्रले नगरपालिकासँग कुनै स्वीकृति नलिई, नक्सापास समेत नगरी निर्माण थालिएको भन्दै सिलबन्दी गरेको हो । केन्द्रले करिब २९ करोड रुपैयाँ लागतमा ३ सय शय्याको छाती रोग अस्पताल भवनको निर्माण थालेको थियो ।

अस्पतालको निर्माणाधीन भवनमा सिलबन्दी

२ वर्षको औषधि अब ९ महिना

राष्ट्रिय क्षयरोग केन्द्रले बहुऔषधि प्रतिरोधी (मल्टी ड्रग रेसिस्टेन्ट) क्षयरोगको उपचारका लागि छोटो अवधिको उपचार विधि सुरु गर्ने भएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर केन्द्रले सोमबारदेखि नयाँ विधि सुरु गर्न लागेको हो ।

२ वर्षको औषधि अब ९ महिना

प्रकृति संरक्षण कोषको बजेट साढे ८१ करोड

राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) को सन् २०१८ का लागि ८१ करोड ५८ लाख रुपैयाँको बजेट पास भएको छ । वनमन्त्री तथा कोषका अध्यक्ष विक्रम पाण्डेको अध्यक्षतामा बसेको सञ्चालक समिति बैठकले २०१८ मा कोषअन्तर्गत विभिन्न कार्यक्रममा ८१ करोड ५५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको सदस्य सचिव गोविन्द गजुरेलले बताए । 

प्रकृति संरक्षण कोषको बजेट साढे ८१ करोड

ल्होछारमा पुरस्कृत

तमू सञ्चारकर्मी संघ (एटजोन) ले तमू ल्होछार (नयाँ वर्ष) को अवसरमा बिहीबार सात पत्रकारलाई पुरस्कृत गरेको छ । एटजोनले एबीसी टेलिभिजनका समाचार संयोजक डण्ड गुरुङ र नागरिक दैनिकका वरिष्ठ संवाददाता अमृत भादगाउँलेलाई पूर्वप्रधानसेनापति छत्रमानसिंह तथा श्रीमती कमला गुरुङ पत्रकारिता पुरस्कार प्रदान गरेको छ । पुरस्कारमा २० हजार रुपैयाँका दरले नगदसहित ताम्रपत्र छ ।

ल्होछारमा पुरस्कृत

तीनजुरेमा क्याम्प फायरले पर्यटक बढे

तीनजुरे जंगलमा क्याम्प फायरका लागि आउने पर्यटकको संख्या बढेको छ । एकै स्थानमा २८ प्रजातिका गुराँस फुल्ने तीनजुरे जंगलमा चिसो मौसम सुरु भएसँगै क्याम्प फायरमा आउने बढेका हुन् ।

तीनजुरेमा क्याम्प फायरले पर्यटक बढे

तराईमा शीतलहर पहाडमा न्यानो

तराईमा शीतलहरसँगै चिसो सिरेटोले जनजीवन प्रभावित भइरहेका बेला पहाडमा भने मौसम न्यानो बन्दै गएको छ । अघिल्ला वर्षमा यति बेला दिनभर हुस्सु लाग्ने र रातमा तुसारो परेर ठण्डा हुन्थ्यो । अहिले पूरै परिवर्तन भएको छ ।

तराईमा शीतलहर पहाडमा न्यानो

पत्नीलाई यातना

धनकुटा नगरपालिका ४ छारागाउँकी एक महिला पतिको चरम यातनाबाट गम्भीर घाइते भएकी छन् । स्थानीय ४८ वर्षीया सीता श्रेष्ठलाई पति सीतारामले यातना दिएका हुन् । 

पत्नीलाई यातना

२ टाउको, ४ हात भएको बच्चा जन्मियो

स्थानीय एक महिलाले चार हात, दुई टाउको र दुई खुट्टा भएको शिशु जन्माएकी छन् । इनरुवा–८ की सोनम मण्डलले पेट र छाती टाँसिएको तर चार हात, दुई टाउको, दुई खुट्टा र एउटै यौनाङ्ग भएको शिशुलाई जन्म दिएकी हुन् । उक्त नवजात शिशु श्वासप्रश्वास समस्याले जन्मेको २४ घण्टापछि नै मृत्यु भएको छ ।

२ टाउको, ४ हात भएको बच्चा जन्मियो