कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२ टाउको, ४ हात भएको बच्चा जन्मियो

धरान — स्थानीय एक महिलाले चार हात, दुई टाउको र दुई खुट्टा भएको शिशु जन्माएकी छन् । इनरुवा–८ की सोनम मण्डलले पेट र छाती टाँसिएको तर चार हात, दुई टाउको, दुई खुट्टा र एउटै यौनाङ्ग भएको शिशुलाई जन्म दिएकी हुन् । उक्त नवजात शिशु श्वासप्रश्वास समस्याले जन्मेको २४ घण्टापछि नै मृत्यु भएको छ ।

२ टाउको, ४ हात भएको बच्चा जन्मियो

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्त्री तथा प्रसूति विभागमा उनी भर्ना भएकी थिइन् । शल्यक्रियाबाट अनौठो बच्चा निकालिएको प्रतिष्ठानका डा. सूर्यप्रसाद रिमालले बताए । बच्चा देखेर चिकित्सक र नर्ससमेत छक्क परेका थिए ।

‘गर्भवती हुँदा पुरुषको शुक्रकिट र महिलाको अण्डा मिलेर जाइगोट बन्छ । त्यसरी नर्मल जाइगोटबाट भु्रण बनेर बच्चाको विकास हुन्छ । तर कहिलेकाहीं विरलै अवस्थामा जुम्ल्याहा हुन्छन् । र, जाइगोट बनेको १३ दिनपछि छुट्यो भने टाँसिन पुग्छन् । यो त्यही जाइगोट टाँसिएर नछुटे पनि बनेको बच्चा हो,’ डा. रिमालले भने । मण्डल दम्पतीले यसअघि इटहरीको एक क्लिनिकामा चारपटकभन्दा बढी भिडियो एक्सरे गरेको बताए । उतिबेला चिकित्सकले असामान्य अवस्थाबारे कहिल्यै जानकारी नदिएर गर्भमा बच्चा राम्रो छ भनेको उनले बताए ।

प्रकाशित : पुस १४, २०७४ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?