कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ल्होछारमा पुरस्कृत

काठमाडौँ — तमू सञ्चारकर्मी संघ (एटजोन) ले तमू ल्होछार (नयाँ वर्ष) को अवसरमा बिहीबार सात पत्रकारलाई पुरस्कृत गरेको छ । एटजोनले एबीसी टेलिभिजनका समाचार संयोजक डण्ड गुरुङ र नागरिक दैनिकका वरिष्ठ संवाददाता अमृत भादगाउँलेलाई पूर्वप्रधानसेनापति छत्रमानसिंह तथा श्रीमती कमला गुरुङ पत्रकारिता पुरस्कार प्रदान गरेको छ । पुरस्कारमा २० हजार रुपैयाँका दरले नगदसहित ताम्रपत्र छ ।

ल्होछारमा पुरस्कृत

त्यस्तै, महिला खबर अनलाइनका सम्पादक प्रेमकुमारी घलेलाई सुश्री भद्रकुमारी घले पत्रकारिता पुरस्कार, रेडियो जलजला, रोल्पाका समाचार प्रमुख देविका गुरुङलाई लक्ष्मी गुरुङ पत्रकारिता पुरस्कार, तमू पत्रकारिता पुरस्कार पोखराका स्वतन्त्र फोटो पत्रकार राम गुरुङ र गुरुङ आदिकवि हर्कबहादुर गुरुङ स्मृति पत्रकारिता पुरस्कार नागरिक दैनिकका स्याङ्जा

संवाददाता मोहन गुरुङलाई प्रदान गरिएको छ । पुरस्कारमा जनही १० हजार रुपैयाँ र ताम्रपत्र छ । त्यस्तै, सीआई टेकबहादुर गुरुङ पत्रकारिता पुरस्कार रूपन्देहीबाट प्रकाशित हुने देवदह साप्ताहिकका सम्पादक रामबहादुर गुरुङलाई प्रदान गरिएको छ । उक्त पुरस्कारमा ५ हजार रुपैयाँ नगद र ताम्रापत्र छ ।

प्रकाशित : पुस १४, २०७४ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?