कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

राज्यले बेवास्ता गरेको माझी समुदाय 

भोजपुर (माझीगाउँ) — पूर्वी अरुण गाउँपालिका – ६, माझीगाउँमा १० घर माझी समुदाय बस्छन् । सदियौंदेखि बस्दै आएका माझीहरुको जिवनशैली भने अझै पुरानै छ ।

राज्यले बेवास्ता गरेको माझी समुदाय 

यो समुदायमा गरिबी, अशिक्षा र चेतनाको कमी व्याप्त छ । निर्वाचनले जिल्ला र केन्द्र स्तरमा पटक पटक नेतृत्व फेरिए पनि माझीहरुको जिवनस्तर उक्सन सकेको छैन । अमुल्य भोट हालेर चुनाएका प्रतिनिधिले आफ्ना लागि फर्केर नहेर्ने गरेका कारण सधै पछि पर्नुपरेको ३२ बर्षीय विन्दा माझीको गुनासो छ । ‘नेताहरु जतिबेला चुनाव आउछ, त्यहि बेला आउने हुन्, जितेर गएपछि छिरिक्कै फर्केर आउने होइनन्,’आफुहरुलाई चुनावी ‘भोट बैक’का रुपमा मात्रै प्रयोग गर्ने गरेकोमा उनको दखेसो छ । माझीगाउँमा पहिले माझी समुदाय थुप्रै बस्थे । उनीहरुसंग पुग्दो घरजग्गा हुन्थ्यो । अचेल उनीहरुसंग घर अट्ने घडेरी र छाप्रो बाहेक सम्पतिका नाउँमा अन्य केहि छैन । ३५ बर्षकी सरला माझीका अनुसार ‘सीमित जग्गा थप सुख्खा, खडेरीको कमाइले ३ महिना खान पुग्दैन, ज्याला, मजदुरी गरेर जिविका चलाउनुपर्छ ।’


माझीका बालबालिकाहरु विद्यालय शिक्षामा पुग्न सकेका छैनन् । विद्यालय जाने उमेरका २३ बालबालिका छन् । उनीहरु नियमित जान पाउदैनन् । डटकापी, कलम, स्कुल ड्रेस, फि तिर्न नसकेर विद्यालय जाने उमेरका बालबालिका अधिकांशले बीचैमा छोड्छन् । हालसम्म यो समुदायका विद्यार्थीले एसएलसि पास गरेका छैनन् । आफुले जसरी भावी पिडिले दु:ख खेप्न नपरोस् भन्ने सबै अभिभावकको चाहाना छ । तर उनीहरुसँग छोराछोरीलाई नियमित पढाउने खर्च हुँदैन । सरकारको आाखा नपुगेको स्थानीय भिमबहादुर माझी बताउछ । उनी आफ्ना सन्ततिले उचित शिक्षादिक्षा पाएको चाहाना सुनाउछन् । ‘हामीले त पढ्न पाइएन, छोराछोरीलाई पढाईदिने व्यवस्था हुनुपर्‍यो, कसैले ढाटेर, छलेर नखाओस्,‘ उनले भने । उहिले शिक्षाको पहुचमा नपुगेका कारण अज्ञानताले गर्दा भएका जग्गाजमिन बाउबाजेले एउटा बाख्रो, एक बोतल रक्सी, दुईचार सय नगदमा बेचेको कारण आफुहरुको यो हालत भएकोमा उनलाई बेलाबेला मन दुखिरहने सुनाउँछन् ।


माझीहरु माछा मारेर जिविका चलाउने भएपनि जिविका धान्न गाह्रो हुन्छ । अर्काको खेतबारी कमाएर पाएको आधा अन्नपातले बर्षदिन धान्दैन । बनिबुतो गर्दा समेत समान ज्याला पाउदैनन् । ‘जहिल्यै एकपाथी र दुईपाथी खोजेर गाँस कटाउनुपर्छ, बनिबुतो गर्न कहाँ पाइन्छ खोज्दै जानुपर्छ, भनेकैबेला साहुले ज्याला नि दिदैनन्,’ ५१ बर्षकी देवीमाया माझीले भनिन् । सानामा पढ्न नपाएको कारण आफुहरु पछाडि परेको अनुभव छ उनलाई । ‘हाम्रै गाउँपछि आएका अरुले प्रगती गरिसके, सबैभन्दा पहिलो कुरा त पढाई नै रहेछ,’ उनले सुनाइन् । यहाँ माझीहरुको मात्रै बसोबास हुने भएकाले माझीगाउँ नामाकरण गरिएको थियो । उनीहरुको बसाई प्राय : संयुक्त परिवारको हुन्छ । हाल श्रेष्ठ, दाहाल, थापा लगयत अन्य समुदायका थुप्रै घरपरिवार बसाई सरी आएका छन् । उनीहरुको जिवनस्तर उक्सेको छ । तर पहिलेदेखि बस्दै आएका माझीहरुको स्तर उक्सन सकेको छैन ।


जिल्ला समन्वय समितिको तथ्याङ अनुसार जिल्लाभर ३ सय ९२ जना माझीहरु छन् । पुर्वी अरुण गाउँपालिका, उत्तरी षडानन्द नगरपालिकामा उनीहरुको बसोबास छ । तर राज्यको बेवास्ताले गर्दा उन्नती र समृद्धिका कुरा त परै जाओस्, दुईछाक टार्न समेत मुस्किल पर्छ ।


प्रकाशित : पुस १४, २०७४ १३:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?