३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

पर्खालले थिचेर मजदुरको मृत्यु

दमक — शौचालयको सेफ्टी ट्यांकीको पर्खाल भत्किएर कमल गाउँपालिका-५ मा एक भारतीय मजदुरको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय दमकका अनुसार भारत बिहार अररिया ठेलापुर थाना सिक्ठी-५ तेराखादका ५० बर्षीय गोजानन्द सरदारको मृत्यु भएको हो । 

पर्खालले थिचेर मजदुरको मृत्यु

बिहान ८ बजे स्थानीय हेमराज कार्कीको शौचालयको सेफ्टी ट्यांकी मर्मत गर्ने क्रममा पर्खाल भत्किएर सरदार पुरिएका थिए । पर्खालले थिचेर खाल्डोमा पुरिएका सरदारको उपचारका क्रममा दमकस्थित लाइफ लाइन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : पुस १४, २०७४ १४:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?