२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

महिलाको मृत्यु

दमक — नम्बर नखुलेको सवारी साधनको ठक्करबाट मोरङको सुन्दरहरैँचा नगरपालिका-१२ बिराटचौकमा एक महिलाको मृत्यु भएको छ । 

महिलाको मृत्यु

इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार मृत्यु हुने महिलाको सनाखत हुन सकेको छैन । शुक्रबार बिहान ५ बजे पूर्व-पश्चिम राजमार्गमा नम्बर नखुलेको गाडीले पैदलयात्री महिलालाई ठक्कर दिएको थियो । गम्भीर घाइते उनको उपचारको क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अपरान्ह १ बजे मृत्यु भएको थियो । ठक्कर दिने गाडीको खोजी भइरहेको बेलबारी प्रहरीले जनाएको छ ।


प्रकाशित : पुस १४, २०७४ १५:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?