कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

कर्मचारीकोसमेत काम गर्नु परेपछि वडाध्यक्षहरु असन्तुष्ट

दोलखा — स्थानीय निकायमा निर्वाचित वडाअध्यक्षहरु सरकारी कर्मचारीसहर १० बजे कार्यालय पुगेका हुन्छन् । आफ्नो कुर्चीमा बस्छन् र सिफारिस पत्रमा सही गरेर निस्कदा ५ नै बज्छ

कर्मचारीकोसमेत काम गर्नु परेपछि वडाध्यक्षहरु असन्तुष्ट

 ।


नागरिकता प्रमाणपत्र, मालपोत, नापीलगायत विभिन्न कार्य गर्न वडातहबाट आवश्यक पर्ने सिफरिसपत्रहरुमा सहि गर्दागर्दै उनीहरुको दिन बित्छ । स्थानीय तहमा निर्वाचितहरुमध्ये अति व्यस्त हुने वडा अध्यक्षहरु कागजपत्रमा सहि गर्ने भूमिकाको बोझलाई अनावश्यक कार्य ठान्छन् । विकास निर्माणको योजना बनाउन, निरीक्षण गर्न, जनसरोकारका विषयको समाधान गर्न, विवादहरु मिलाउन र जनताका सु:खदु:खमा साथ सहयोग गर्नुपर्ने समय कर्मचारीले जस्तो कागजपत्रमा सहि गरेर व्यथित गरिरहेको वडाअध्यक्षहरुको गुनासो छ ।


त्यस्तै दु:खेसो गर्नेहरुमध्ये दुई युवा वडाअध्यक्षहरु बैत्येश्वर— ६ का रेशम रिमाल र भीमेश्वर नगरपालिका— ३ हरिशरण शिवाकोटीलगायत हुन् । उनीहरु कर्मचारीसहर कार्यालय कुरेर सहि गर्ने भूमिकाले अन्य रचनात्मक काम गर्ने समय नभएको बताउाछन् । वडाअध्यक्षहरुलाई जन्म, मृत्यू, विवाह, वसाईसराई जस्ता पञ्जिकरणसम्वन्धि कार्यबाहेक जनतालाई आवश्यक पर्ने विभिन्न खाले पत्रहरुमा प्रमाणिकरण गर्नुपर्ने अधिकार तोकिएको छ ।


वडाहरुलाई बजेटसम्बन्धि पूर्ण अधिकार छैन् । नगर वा गाउँपालिकाले तोकिएका बजेटहरुमा रेखदेख गर्ने मात्र भूमिका वडाअध्यक्षलाई छ । वडाअध्यक्ष हरिशरण शिवाकोटीका अनुसार नगरका वडाहरुमा मासिक पाँच हजार मसलन्द खर्च नगरपालिकाले पठाएको भरमा कार्यालय चलाउनुपर्छ ।


कागजपत्रमा सहि गर्दै विताउने वडाअध्यक्षको भूमिका १० बजे हारिज हुने र ५ बजे फर्कने जागिर जस्तै भएकाले हैरानी भएको बताउन थालेका छन् । वडा अध्यक्ष रेशम रिमाल अहिले गरिरहेको जस्तै प्रकृतिको काम गरेर समय व्यथित गर्नुपर्ने हो भने अर्को पटकको स्थानीय निर्वाचनमा वडाअध्यक्ष पदमा उठ्ने व्यक्तिहरु पाउनसमेत मुस्किल पर्ने बताउछन् ।


जनता १० बजे पुग्दा वडाअध्यक्ष केहि ढिला पुगे भन्दै सेवाग्रहीद्वारा फेसबुकमा गालीगलौज गरिरहेको पइन्छ । भीमेश्वर नगरपालिका वडा नं. ४ र ७ का सेवाग्रहीले वडा कार्यालयबाट सेवा नपाएको गुनासो पोखेको विषय फेसबुकमा भाइरल भएको थियो । भीमेश्वर नगरपालिका ४ का वडाअध्यक्ष हरिवंश चौलागाईं नागरिकता प्रमाणपत्र लिन, नापीको नक्सा उतार्न, मालपोतको काम गर्ने जस्ता नियमित गर्ने कार्यहरु कर्मचारीबाट हुने व्यवस्था हुनुपर्ने बताउछन् । त्यसो भएमा वडाअध्यक्षहरुले जनताको समस्या समाधान गर्न र विकास निर्माणमा खट्न समय पाउने उनको विचार छ ।


नगरपालिका र गाउापालिकाका प्रमुख र उपप्रमुखहरुलाई वडाअध्यक्षहरुको जस्तो कार्यलयमै बसेर गर्नुपर्ने कार्यबोझ हुदैन् । दोलखामा ७४ वटा वडाहरु, सातवटा गाउँपालिका र दुईवटा नगरपालिका छन् । कतिपय प्रमुखहरु अझै आफ्नो कार्यक्षेत्रमा नियमित नभेटिने गुनासो छ । बैठक, छलफल र खास कामका लागि मात्रै प्रमुखहरु आफ्नो कार्यपालिका पुग्ने अरुबेला कार्यालयमा नभेटिने जनगुनासो छ ।


प्रमुख नभएपछि गाउँपालिकाका कार्यकारी प्रमुखसमेत नवस्ने गरेको वडाअध्यक्षहरु बताउछन् । स्थानीय तह नबुझेका भर्खरै कार्यकारी अधिकृतमा नाम निकालेर अनुभवविहीन कर्मचारीबाट काम लिन अप्ठेरो त छदैछ, आउनेवित्तिकै सरुवा हुने समस्याले पनि सेवाग्रहीले भनेजति सेवा लिन नपाएको गुनासो छ । त्यस्तै वडासचिवहरु पनि सरुवा भएको भएै गर्दा वडाअध्यक्षहरुमाथि नै कामको बोझ थपिने गर्छ ।


२०४९ साल र २०५४ सालका दुईवटा स्थानीय निर्वाचनमा गाउा विकास समितिको निर्वाचन भएको थियो । उक्तबेला गाविसमा अध्यक्ष, उपाध्यक्षसहित ४७ जना निर्वाचित हुने व्यवस्था थियो । अहिले प्राय: दोलखामा त्यतिबेलाका एक गाविसलाई नै एक देखि दुई वडा बनाइएको छ । शाक्तिशाली मानिएका वडा कार्यालयले आफ्नो तजवीजले विकास बजेट खर्चसमेत गर्न नपाउने गुनासो वडा अध्यक्षहरु गर्छन् ।


हालसम्म वडाअध्यक्षहरुलाई तलव भत्ताको व्यवस्थासमेत गरिएको छैन् । वडाहरुमा तोकिएबमोजिम कर्मचारीसमेत छैनन् । जिल्ला समन्वय समितिका जिल्ला समन्वय अधिकारी तुलसीनाथ गौतमले दोलखामा अहिले ७४ मध्ये ४१ वडाहरमा मात्रै वडा सचिवहरु पठाइएको बताए । दिनभर जनताको काममा व्यस्था वडाअध्यक्षहरु सुविधाविहीन बनाइएको तर कार्यबोझ थपिएकाले असन्तुष्टिहरु बढ्दै गएको छन् ।

प्रकाशित : पुस १८, २०७४ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?