कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

ट्याक्टर  दुर्घटनामा  २  को मृत्यु, एक घाइते

हरिहरसिंह राठौर

धादिङ — बूढीगण्डकी किनारबाट वालुवा लिएर धादिङको बूढाथुम बजार जाँदै गरेको नम्बर प्लेटमा ‘अनटेस्ट’ लेखिएको ट्याक्टर पल्टिदाँ दुई जनाको मृत्यु भएको छ । गंगाजमुना गाउँपालिका–७, बूढाथुम बजार नजिकै भएको दुर्घटनामा एकजना घाइते भएका छन् । ट्याक्टर सोमबार राति सडकबाट २५ मिटर तल पल्टिएको थियो ।

ट्याक्टर  दुर्घटनामा  २  को मृत्यु, एक घाइते

मृत्यु हुनेमा ट्याक्टरका चालक गंगाजमुना–६, बसेरीका २५ वर्षिय विकास अधिकारी र वडा–७ का ५५ वर्षिय होमबहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक रामबहादुर केसीले बताए ।


दुर्घटनामा घाइते भएका बसेरीकै सरोज परियारको आरुघाट अस्पालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।


प्रकाशित : पुस १८, २०७४ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?