कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

४ हजार मिटर उचाइमा मोटर

हरिहरसिंह राठौर

धादिङ — रसुवाको स्याफ्रुबेंसी हुँदै धादिङको विकट उत्तरी भेग रुविभ्यालीअन्तर्गत पाङसाङमा मोटर पुगेको छ । ४ हजार मिटर उचाइको पाङसाङ गाउँमा पहिलो पटक मोटर पुगेको हो । रुविभ्यालीलाई सडक सञ्जालसँग जोड्न जिविसले १० वर्षअघि सडक निर्माण सुरु गरेको थियो ।

४ हजार मिटर उचाइमा मोटर

भूकम्पपछि पुनर्निर्माणका लागि आएको ‘जेसुइट संस्था’ ले उत्तरी भेगका बासिन्दालाई यातायातको सहज पहूच पुर्‍याउन सडक निर्माणमा सहयोग गरेको हो । सडक मार्गको अभावमा यहाँका बासिन्दा दैनिक उपभोग्य वस्तु किनमेल गर्न २ दिन पैदल हिँडेर दार्खाको डुन्डुरे पुग्न बाध्य थिए ।

सोमदाङबाट ९ किमि पाङसाङसम्म सडक पुगे पनि रुविभ्यालीको तिप्लिङसम्म जानका लागि अझै २१ किमि खन्न बाँकी छ । ‘अबको ३ महिनामा तिप्लिङका बस्तीमा यात्रुवाहक र मालवाहक साना सवारी साधन गुड्छन्,’ रुविभ्याली–१ का वडाअध्यक्ष पेम्बा घलेले भने । यसअघि सोमदाङ–तिप्लिङ सडक उपभोक्ता समितिले कामै नगरेपछि अलपत्र परेको थियो । स्याफ्रुबेंसीबाट सोमदाङसम्मको ४२ किमि सडक नेपाली सेनाले २०४४ सालमै सम्पन्न गरेको थियो । सरकारले गणेश हिमालमा रहेको जस्ता खानी अध्ययन र सञ्चालन गर्न उक्त सडक सेनामार्फत निर्माण गर्न लगाएको थियो ।

उपभोक्ताले कामै नगरी लाखौं रकमको दुरुपयोग हुने गरेको आवाज उठदै आएको थियो । २ वर्षमा स्थानीय उपभोक्ताले जिविसबाट ४० लाख रकम भुक्तानी लिएको रुविभ्यालीका गाउँपालिका प्रमुख चेरुङ तामाङले बताए ।

सडक निर्माणपछि पाङसाङबाट पाविल (प्याल्दोर) हिमाल अवलोकन, आरोहण र प्रशिक्षणका लागि उपयुक्त स्थान बन्ने स्थानीय बासिन्दाको विश्वास छ । नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङले त्यसका लागि बजेट पनि विनियोजन गरिएको बताए ।

प्रकाशित : पुस १९, २०७४ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?