कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

बाघको आक्रमणबाट दुई महिला घाइते

कमल पन्थी

गुलरिया — घॉस, दाउरा काट्न गएकी दुई महिलालाई बाघले आक्रमण गरी गम्भीर घाइते बनाएको छ । गुलरिया–३ की ४० वर्षीया मुन्नी सावुरी र ३० वर्षीया सरिता गोडियालाई भारतीय जंगलमा बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ । दुबै जनालाई स्थानीयले उद्दार गरी जिल्ला अस्पताल पुर्‍याएका थिए । उनीहरुको अस्पतालमा उपचार भइरहेको छ ।

बाघको आक्रमणबाट दुई महिला घाइते

बाघको आक्रमणबाट उनीहरुको ऑखा, घाँटी र गालामा गम्भीर चोट लागेको प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए । सीमावर्ती कतरनियाघाट वन्यजन्तु आरक्षमा नेपालीहरु घॉस, दाउरा गर्ने गरेका छन् ।


प्रकाशित : पुस १९, २०७४ १७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?