१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

मतदातालाई हेलिकप्टरबाटै लड्डु

हरिहरसिंह राठौर

धादिङ — जिल्लाको उत्तरी भेगको विकटबस्तीमा प्रतिनिधि र प्रदेशसभामा निर्वाचित जनप्रतिनिधिले मतदातलाई धन्यवाद दिने क्रममा हेलिकप्टरबाट लड्डु वितरण गरेका छन् । उनीहरूले जिल्लाको सेर्तुङ, तिप्लिङ, झार्लाङ र लापाको ठूलोगाउँमा हेलिकप्टरबाट ओर्लेर लड्डु वितरण गरेको स्थानीयले बताए ।

मतदातालाई हेलिकप्टरबाटै लड्डु

निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत रुबी भ्यालीमा एमाले, माओवादी केन्द्र (वाम गठबन्धन) का स्थानीय नेता र प्रतिनिधिसभा सदस्य खेमप्रसाद लोहनी र प्रदेश (ख) का सदस्य जगत सिम्खडाले लड्डु बाँडेका हुन् । निवर्तमान सांसद धनबहादुर घले र माओवादी केन्द्रका कार्यकर्ता रामसिंह तामाङ हेलिकप्टरमा लड्डु राखेर लापा गएका थिए । लोहनी र सिंखडा गाडी र पैदलको माध्यमबाट त्यहाँ पुगेका थिए । उनीहरू लापाबाट हेलिकप्टर चढेर ठूलोगाउँको कार्यक्रममा सहभागी भए ।


एउटा कार्यक्रममा उनीहरूले १० केजी लड्डु बाँडेका थिए ।

प्रकाशित : पुस २२, २०७४ १८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?