२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

पर्यटकीय केन्द्र ठाकुरद्वारा जोडिने

२ पुल निर्माण सुरु

गुलरिया — पर्यटकीय केन्द्र बर्दिया निकुञ्ज जोड्ने ओराही खोलामा एकै साथ २ पुलको निर्माण सुरु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत आम्बासानजिक र कालीगौढीमा पुल निर्माण सुरु भएको सडक डिभिजन कार्यालय नेपालगन्जले जनाएको छ ।

पर्यटकीय केन्द्र ठाकुरद्वारा जोडिने

४ स्पान रहेको दुवै पुलको लम्बाइ १६० मिटर छ । कार्यालय प्रमुख अर्जुन बमका अनुसार आम्बासा जोड्ने पुलको ९ करोड ६६ लाख ९९ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको छ । सपना गाल्भा जेभीले यो ठेक्का सकारेको हो । यसैगरी प्रतापपुरमा निर्माण हुन लागेको पुलको करिब १० करोड ८३ लाखमा ठेक्का सम्झौता भएको छ । यसको ठेक्का पप्पु कन्स्ट्रक्सनले पाएको छ । पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको बबई नदीस्थित जब्दीघाटको पुल हस्तान्तरण नहँुदै गत साउन अन्तिम साता भासिएको थियो ।

पुल नहुँदा पर्यटकीय केन्द्र ठाकुरद्वारा र डल्ला होमस्टेमा वर्षामा आउजाउ गर्न समस्या हुन्छ । यहाँबाट दैनिक हजार बढी सर्वसाधरण आउजाउ गर्छन् । पुल अभावमा बर्खामा पर्यटक बीचबाटै फर्किने गरेका छन् । एकै साथ बन्न लागेको पुल ०७६ माघ मसान्तभित्र पूरा हुने लक्ष्य रहेको कार्यालयले जनाएको छ । पुल निर्माण गरिने ठाउँमा पानी डाइभर्सन गर्ने काम थालिएको छ । बर्दिया निकुञ्जका अनुसार बर्सेनि आन्तरिक र विदेशीसमेत झन्डै १० हजार पर्यटक आउँछन् । पुल निर्माणपछि दोब्बर पर्यटक भित्रिने अनुमान पर्यटन व्यवसायीको छ ।

्यसैगरी पूर्वपश्चिम राजमार्गको आम्बासा हुँदै निकुञ्जको मुख्यालय जोड्ने करिब १३ किमि सडकको स्तरोन्नति पनि सुरु भएको छ । साँघुरो सडकलाई फराकिलो बनाउँदै दुई लेन बनाउने योजना छ ।

प्रकाशित : पुस २३, २०७४ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?