कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

घोराहीमा उपमहानगर थारु भाषामै कामकाज हुने 

दुर्गालाल केसी

दाङ — घोराही उपमहानगरपालिकाले यही माघ १ गतेदेखि थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेको छ । आइतबार सम्पन्न नगर कार्यपालिका बैठकले प्रथम नगरसभाबाट पारित नीति कार्यक्रम अनुसार थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेको नगर प्रमुख नरुलाल चौधरीले बताएका छन् ।

घोराहीमा उपमहानगर थारु भाषामै कामकाज हुने 

उपमहानगरपालिका कार्यालय र सबै वडा कार्यालयहरुमा थारु भाषालाई सरकारी कामकाजको भाषाका रुपमा लागू गर्ने निर्णय भएको चौधरीले जानकारी दिए । अब थारु भाषामा आएका निवेदनहरु दर्ता गरी कार्य सम्पादन गर्ने र कार्यालयमा थारु सेवाग्राहीसँग थारु भाषामै कुराकानी गर्नसकिने उनले जानकारी दिए । माघ १ गते अर्थात माघी पर्व थारु समुदायको महत्वपूर्ण चाड भएकाले यही अवसरमा उक्त निर्णय गरिएको प्रमुख चौधरीले बताए ।


प्रकाशित : पुस २४, २०७४ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?