३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

व्यवसायीबाटै ट्याक्सी तोडफोड

स्याङ्जा — ट्याक्सी चलाएको भन्दै ट्याक्सी समितिका कर्मचारीले नै तोडफोड गरेका छन् ।सदरमुकाम पुतलीबजार नगरपालिका-१ स्थित स्याङ्जा बजारमा बिहान करिब सवा नौ बजे व्यवसायीबाटै ट्याक्सी तोडफोड भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

व्यवसायीबाटै ट्याक्सी तोडफोड

प्रहरीका अनुसार पुतलीबजार ३ बस्ने दीपक कुमाललगायतका व्यक्तिले स्याङ्जाबाट नागडाँडातर्फ जाँदै गरेको ग १ ज ५३२ र रोकी राखेको ग १ ज ४३५६ नम्बरको टयाक्सी तोडफोड गरेका हुन् ।


ट्याक्सी फुटाउनेमध्येका कुमाललाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । अन्य फरार व्यक्तिको खोजी जारी रहेको प्रहरीले बतायो ।


मिटरमा चल्न नमानेपछि पोखराका ट्याक्सी व्यवसायी समिति तीन दिनदेखि विवादमा उत्रिएसँगै स्याङ्जामा पनि बिहीबार र शुक्रबार चलाउन दिइएन ।


प्रकाशित : पुस २८, २०७४ १८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?