१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

९६ भाषाको सर्वेक्षण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय भाषा विज्ञान केन्द्रीय विभागले ९ वर्षभित्र मुलुकको ९६ भाषा सर्वेक्षण गरेको छ । योजना आयोगको सहयोगमा त्रिविले २०६५ सालदेखि ‘नेपालको भाषिक सर्वेक्षण परियोजना’ सुरु गरेको थियो । लक्ष्य पूरा भएको भन्दै त्रिविले यसै साता नेपालको भाषिक सर्वेक्षण प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । 

९६ भाषाको सर्वेक्षण

विभागको दाबीप्रति वरिष्ठ भाषाशास्त्रीले आपत्ति जनाउँदै परियोजनाको चार उद्देश्यमध्ये एउटा बुँदा मात्र आंशिक रूपमा मात्र पूरा भएको मत व्यक्त गरेका छन् । परियोजनाको पहिलो उद्देश्य हरेक भाषाको वैज्ञानिक सर्वेक्षण गर्नु थियो । त्यसपछि क्रमश: हरेक भाषाको व्याकरण निर्माण गर्नु, अल्पसंख्यक भाषाको अभिलेखीकरण गर्नु र विभिन्न भाषाको पाठ्यसामग्री निर्माण गर्नु थियो । त्यसमा पहिलो बुँदा आंशिक रूपमा पूरा भएको मान्न सकिने जनाइएको छ ।

त्रिवि भाषा विज्ञान केन्द्रीय विभागका तत्कालीन प्रमुख प्रा.डा. योगेन्द्रप्रसाद यादव आफ्ना पालामा सुरु भएको ‘नेपालको भाषिक सर्वेक्षण परियोजना’ ले उद्देश्यअनुसार आंशिक रूपमा काम भएको बताउँछन् । ‘सर्वेक्षणको चारबुँदे उद्देश्यमा पहिलो बुँदा मात्र काम चलाउ रूपमा पूरा भएको छ,’ उनी भन्छन्, ‘त्यसैले जस लिन मात्र भाषा सर्वेक्षण पूरा भयो भनेर गलत सन्देश दिनु हुन्न । विश्वविद्यालय प्राज्ञिक थलो हो, अरू राजनीतिक दृष्टिले हेरिनु हुन्न ।’

प्रकाशित : पुस २९, २०७४ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?