बाढीपीडित ३ सय परिवारलाई राहत वितरण

देवनारायण साह

मोरङ — विराटनगर-१९ स्थित ३ सय परिवार बाढीपीडितलाई जाडो छल्न राहत वितरण गरिएको छ । 

ओक्स्फाम युकेको सहयोग र जिल्ला दैवी प्रकोप उद्धार समिति र विराटनगर महानगरको संयोजनमा कोसी पीडित समाज राजविराजले आइतबार राहत वितरण गरेको हो । पीडितहरुलाई ५ हजार नगद, त्रिपाल २ थान, कम्बल ४ थान, म्याट्रेस ४ थान, म्याट २ थान र डोरी दुई थान वितरण गरेको समाजका कार्यक्रम संयोजक शरद पराजुलीले बताए ।

Yamaha

कोसी पीडित समाजका अध्यक्ष देवनारायण यादवले यहाँका बाढी पीडितहरुको लागि खानेपानी, सरसफाई र लैङ्गिक सवालमा दुई महिना वकालत कार्यक्रमसमेत सञ्चालन गर्ने बताए । विराटनगर-१९ को सिंघीया खोला किनारमा रहेको सुकुम्बासी बस्ती साउन अन्तिम साता आएको बाढीले बगाएको थियो । दैनिक ज्याला मजदुरी गरेर गुजारा गर्दै आएका उनीहरु न्यानो कपडाको भावमा अहिलेको जाडोमा सकस भएको थियो ।

Esewa Pasal

प्रकाशित : पुस ३०, २०७४ १४:०२
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

सांसद मरासिनीलाई हृदयघात

प्रतिक्षा काफले

स्याङ्जा — स्याङजा–१ का प्रतिनिधिसभा सदस्य नारायण मरासिनीलाई हृदयघात भएको छ । मरासिनी दश दिनदेखि गंगालाल अस्पताल काठमाडौंमा उपचारत छन् । 

हृदयघातका कारण एक्कासी वेहोस भएका मरासिनीलाई पुस १९ गते मणिपाल अस्पताल, पोखरामा भर्ना गरिएको थियो । १८ गते मतदातालाई धन्यवाद दिन आँधीखोला गाउँपालिकामा घरदैलो गरिरहेका मरासिनी एक्कासी विरामी भएपछि मणिपाल पुर्‍याइएको थियो ।

त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाडौं लगिएको थियो । हृदयघातको समस्या देखिएपछि उनलाई हवाई जहाजमार्फत काठमाडौं पुर्‍याएर गंगालाल ह्यदयरोग केन्द्रमा सल्याक्रिया गरिएको बताइएको छ । उनलाई गंगालालमै ५ दिनसम्म आइसियुमा राखिएको आफन्तले जनाएका छन् ।

आफन्तका अनुसार मरासिनीलाई दुईचार दिनमा नै अस्पतालबाट डिस्जार्च हुने र घरमै आराम गर्नेछन् । डाक्टरको सल्लाह अनुसार उनलाई ६ हप्ता अनिवार्य रेष्ट गर्नुपर्ने र स्वास्थ्य परीक्षण गराईरहनु पर्ने आफन्त शैलेन्द्र घिमिरेले जानकारी दिए ।

प्रकाशित : पुस ३०, २०७४ १३:५४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT