कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

डढेलोमा परेर दुईको मृत्यु

हरि गौतम

रुकुम पूर्व — डढेलोमा परेर दुई जनाको मृत्यु भएको छ । पुथाउत्तरगंगा गाउँपालिका–३ को लालपाटन जंगलमा लागेको डढेलोमा परेर सोही गाउँपालिका–७ का दुई स्थानीयको मृत्यु भएको हो । 

डढेलोमा परेर दुईको मृत्यु

डढेलामा पर्दा जंगल गएका श्यामबहादुर बोहरा र केशरमान मल्लको मृत्यु भएको हो । डढेलो लागेको जंगलमा हावाहुरी चलेपछि गत शनिबार उनीहरु आगोमा परेको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र सापकोटाले जानकारी दिए । बोहरा र मल्लको घटनास्थलमै मृत्यु भएको थियो भने अर्का स्थानीय शेरबहादुर बोहरा गम्भिर घाइते छन् ।


घाइते बोहराको काठमाडौंस्थित एक अस्पतालमा उपचार भैरहेको छ । घटनास्थलबाट घाइतेलाई उद्दार गरेर नेपालगञ्ज मेडिकल कलेजमा पुर्‍याइए पनि त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौं लगिएको हो । दुर्गमस्थानमा घटना भएका कारण ढिलो खबर आएको प्रजिअ सापकोटाले जानकारी दिए ।


‘२ जनाको ज्यान गएको र १ जना घाइते भएको प्रारम्भिक खबर आएको छ,’ प्रजिअ सापकोटाले भने, ‘यो ठाउँ जिल्लाको दुर्गम हो डिटेल विवरण अँझै आइसकेको छैन ।’


प्रकाशित : माघ १, २०७४ ११:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?