२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

जंगलको आगलागीमा दुईको मृत्यु

रुकुम — रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा आगलागीमा परेर दुईजनाको मृत्यु भएको छ । 

गाउँपालिकाको वडा नं ३ को लालपाटन जंगलमा गत शुक्रबारदेखि लागेको आगलागीमा परेर घाँसदाउरा लिन जाने गाउँपालिका वडा नं ७ का श्यामबहादुर बोहरा र केशरमान मल्लको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र सापकोटाले जानकारी दिएका छन् ।


दुवैजनाको आगलागीमा परेर आइतबार बिहान मृत्यु भएको भएपनि जिल्लाको सबैभन्दा विकट ठाउँ भएकाले ढिला गरी जानकारी आएको प्रजिअ सापकोटाको भनाइ छ ।


आगलागीमा परेर सोही ठाउँका शेरबहादुर बोहरा गम्भीर घाइते भएको प्रजिअ सापकोटाले बताए । घाइते बोहराको जिल्लामा सामान्य उपचार पछि थप उपचारका लागि काठमाडौँ रिफर गरिएको प्रजिअले जानकारी दिए । सो जंगलमा अहिले पनि आगलागी भइरहेको छ ।

प्रकाशित : माघ २, २०७४ ११:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?