कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

पसलमा आगलागी हुँदा ४० लाख रुपैयाँ क्षति

रासस

विराटनगर — विराटनगरको मेनरोडस्थित ट्राफिक चोक नजिकको एक तयारी कपडा पसलमा आज बिहान आगलागी हुँदा करिब रु ४० लाख बराबरको धनमाल क्षति भएको छ । 

विराटनगर–६ निवासी प्रशन्न वैद्यको ट्याग फेसन वेयरमा विद्युत् चुहावट भई भएको आगलागीबाट पसलमा रहेको तयारी ५० प्रतिशतभन्दा बढी कपडा जलेर नष्ट भएको छ ।


बुधबार बिहान ५ बजेतिर आगलागी भएको र आगोलागीमा परी अनुमानित ४० लाख रुपैयाँ मूल्य बराबरको धनमाल क्षति भएको वडा प्रहरी कार्यालयका प्रमुख सुरेन्द्र सिटौलाले बताए ।


वारुणयन्त्र, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रण लिइएको थियो । आगलागीको कारण र क्षतिको विवरणको विवरणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : माघ ३, २०७४ १३:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?