शीतलहर प्रभावितलाई सेनाको राहत

नवीन पौडेल

परासी — चिसोबाट प्रभावित नवलपरासी पश्चिमका विपन्न परिवारलाई नेपाली सेनाले न्यानो कपडा वितरण गरेको छ । 

शीतलहर प्रभावितलाई सेनाको राहत

परासीमा रहेको कालीध्वज गणले बुधबार सरावल गाउँपालिका–९ मोजरहिया गाउँका अति विपन्न समुदायलाई कपडा र पोषिलो खाना वितरण गरेको हो । शीतलहरबाट प्रभावित जेष्ठ नागरिक र बालबालिकाहरुलाई लत्ताकपडा र पोषिलो खानेकुरा वितरण गरेको प्रमुख सेनानी सुजनबहादुर मल्लले बताए ।


बढ्दै गएको शीतलहरबाट प्रभावित समुदायमध्ये त्यस गाउँका ५६ जना जेष्ठ नागरिक र ५० जना बालबालिकाहरुलाई राहत वितरण गरिएको हो । गणको आन्तरिक स्रोतबाट वितरण गरिएको लत्ता कपडासँगै नाबालकहरुलाई पोषिलो दूध र विस्कुट वितरण गरिएको हो ।


प्रकाशित : माघ ३, २०७४ १५:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?