कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

श्रीमतीको हत्यापछि फरार व्यक्ति पक्राउ

रासस

सुरुङ्गा, झापा — श्रीमतीको हत्यापछि फरार रहेका एक व्यक्तिलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाह्रदशी गाउँपालिका–३ का ३३ वर्षीय कमलसिंह राजवंशी रहेका छन् ।

राजवंशी गत असोज ६ गते श्रीमती गंगा राजवंशीको घाँटी थिचेर हत्या गरेर फरार रहेका थिए । उनलाई खोजी गर्ने क्रममा महेशपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित : माघ ३, २०७४ १५:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?