घूस माग्ने सुपरभाइजरविरुद्ध आरोपपत्र

रासस

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूस माग गर्ने सुपरभाइजर दिनेश थापाविरुद्ध आरोप पत्र दायर गरेको छ । 

नेपाल विद्युत प्राधिकरण, पाँचखाल, काभ्रेमा कार्यरत सुपरभाइजर थापाले थ्रि फेज लाइन जडान गर्ने प्रयोजनको लागि रु २५ हजार घूस लिएको पुष्टि भएको आयोगले जनाएको छ ।


आयोगले बुधबार जरिवाना र कैद सजाय मागदाबी गरी विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ ।


प्रकाशित : माघ ३, २०७४ १८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?