कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मिलत्त परिषदद्वारा चिसो प्रभावितलाई राहत

काठमाडौँ — नेपाल मिलत्त परिषदले चिसो प्रभावितलाई राहत वितरण गरेको छ ।

परिषदका अध्यक्षसमेत रहेका एमाले केन्द्रीय सल्लाहकार सदस्य समिम अन्सारीले बाराको हरपुर, पर्साको जगरनाथ, रौतहटको भुसाहा र सप्तरीको बालुवामा न्यानो कपडा वितरण गरेका हुन् । उनले करिव २ हजार थान ब्लाङ्केट, ज्याकेटलगायत न्यानो कपडा वितरण गरे ।

मिलत्त परिषदद्वारा चिसो प्रभावितलाई राहत

अन्सारीले गरिव र विपन्न परिवारलाई थप राहत वितरण गर्ने योजना सुनाए ।


अन्सारीको नेतृत्वमा यसअघि पनि भूकम्प, आगलागीलगायतका प्राकृतिक विपत्तिमा राहत वितरण गरिएको थियो ।




प्रकाशित : माघ ३, २०७४ २२:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?