२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

विद्युत्को विकल्प ‘सौर्य ऊर्जा’

नेपालगन्ज, कोहलपुर नगर, खजुरा, वैजनाथ र जानकी गाउँपालिकामा मात्र विद्युत् सेव छ

नेपालगन्ज — दुर्गम मानिने राप्तीपारि क्षेत्रमा ्वर्षौदेखि विद्युतीकरण अलपत्र परेपछि स्थानीयले सौर्य ऊर्जालाई विकल्पका रुपमा लिन थालेका छन् । सौर्य ऊर्जामार्फत ती दुर्गम बस्ती झलमल्ल पारिएको छ ।

नरैनापुर गाउँपालिका कटकुइया, लक्ष्मणपुर, कालाफाँटा, मटेहिया, गंगापुर, राप्ती सोनारी गाउँपालिकाका फत्तेपुर, बिलौना, खासकुस्मा र नरैनापुर गाउँपालिकाका विभिन्न गाउँमा सौय ऊर्जाको प्रयोग बढेको हो । यहाँका नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा, बैजनाथ र जानकी गाउँपालिकामा मात्र विद्युत सुविधा छ ।

जिल्ला समन्वय समितिका अनुसार राप्तीपारिका ५ हजारभन्दा बढी घर सौर्यऊर्जाकै भरमा छन् । जिससले गत वर्ष १ हजार ४ सय ५० र अघिल्लो वर्ष ५ सय घरमा सोलार जडान गरेको थियो ।

जिल्ला ऊर्जा तथा वातावरण शाखाका अनुसार २० वाटको सौर्यउर्जा अनुदानमा दिइएपछि सोलार प्रयोग हात्तै बढेको हो । विद्युता लागि वर्षौदेखि माग गरे पनि बेवास्ता हुँदा स्थानीयले सरकारी अनुदान र आफ्नै लगानीमा सोलार राखेका हुन् ।

०५१ मा विद्युतका पोलहरू गाडिए पनि सरकारी निकायको लापरबाहीले अझै राप्तीपारिका गाउँमा बिजुली पुग्न सकेको छैन । राप्ती सोनारी ७ का अगुवा किसान दयाराम थारुले बिजुली पर्खँदापर्खँदै हैरान भएपछि सोलार राखेको बताए ।

‘वर्षौ भयो पोल गाडिएको तर बिजुली आउँदैन । पाँच बर्षदेखि यहाँका गाउँमा सोलार भित्रिएका हुन् । सोलार बिजुलीको विकल्प बनेको छ,’ उनले भने, ‘घरअगाडि पोल हेरेर सोलार प्रयोग गर्न थालेका छौं ।’

राप्तीपारिका गाउँमा बिद्युतीकरण गर्न गाडिएका अधिकांश पोल जीर्ण बन्दै गएपछि स्थानीयको बिजुली बत्तीप्रतिको आस पनि मर्न थालेको राप्तीसोनारी ८ का बिनोद चौधरीले बताए । किसानले समेत सौर्य ऊर्जा जडान गरी थोपा सिंचाइमार्फत तरकारी खेती गरिरहेको उनको भनाइ छ ।

जिल्ला ऊर्जा तथा वातावरण शाखा इन्जिनियर रामबाबु यादबले राप्तीपारिका कालाफाँटा, लक्ष्मणपुर, गंगापुरलगायतका क्षेत्रमा १ हजार ४ सय ५० सोलार सेट गत आवमा अनुदानबाट वितरण गरिएको बताए ।

बजारमा साढे ११ हजार पर्ने २० वाटको सोलारलाई सरकारी अनुदानमा स्थानीयले २ हजारमा राखेका हुन् । शाखाले तीन वर्षअघि राप्तीपारिका करिब १३ हजार घरधुरीमा वैकल्पिक ऊर्जाबारे अध्ययन गरेको थियो । अहिले अधिकांश घरले सोलार प्रयोग गर्न थालेको यादवले बताए ।

प्रकाशित : माघ ४, २०७४ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?