कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दोलखालाई अर्गानिक जिल्ला बनाउन सिक्किमले सघाउने

गान्तोक (सिक्किम) — विश्वको पहिलो जैविक राज्य (अगार्निक स्टेट) घोषित भारतको सिक्किम राज्य सरकारले नेपालको दोलखालाई अर्गानिक जिल्ला बनाउने अभियानमा सघाउने भएको छ ।

दोलखालाई अर्गानिक जिल्ला बनाउन सिक्किमले सघाउने



सिक्किम राज्यका मुख्यमन्त्री पवन चाम्लिङले नेपालस्थित दोलखा जिल्लाका जनप्रतिनिधिहरुसँगको भेटमा दोलखालाई अर्गानिक जिल्ला बनाउन प्राविधिक तथा जनशक्ति व्यवस्थापनमा सहयोग गर्ने बताएका हुन् । विश्वको पहिलो अर्गानिक राज्यको उपाधि पाएपछि सिक्किममा हरेक बर्षको जनवरी १८ मा अर्गानिक दिवस मनाउने गरिएको छ । सोही अवसरमा नेपालका प्रतिनिधिसभा सदस्य पार्वत गुरुङ र दोलखा जिल्लाका निर्वाचित नगर प्रमुख र गाउापालिका प्रमुखहरुलाई बुधबार भेट गरी मुख्यमन्त्री चाम्लिङले सिक्किम र दोलखाबीच भातृत्व सम्बन्ध गाँस्न चाहेको पनि बताएका छन् ।


मानिसलाई निरोगी बनाउन, पृथ्वी, माटोलाई जीवित राख्न र हावापानीलाई सुद्ध राख्न सिक्किम राज्यमा सन् २००३ देखि कुनै पनि रासायनिक मल र किटनाशक विषादी प्रयोग गर्न प्रतिबन्ध छ । जनावर र पशुपंक्षीको मलमुत्रबाट मात्र खेती गर्ने नीति लिएपछि सन् २०१६ को डिसेम्बर १८ का दिन सिक्किम अर्गानिक स्टेटको रुपमा प्रमाणिकरण भएको हो । अझै कतिपय स्थानमा जैविक खेतीमा निर्भर दोलखालाई नेपालको पहिलो अर्गानिक जिल्ला बनाउन सकिन्छ या सकिदैन भन्ने विषयमा दोलखाका जनप्रतिनिधिहरुसागको छलफलमा मुख्यमन्त्री चाम्लिङले दोलखाको जैविक विविधताका कारण अर्गानिक जिल्ला बन्न सम्भव भएको बताए । उनले भने, ‘दोलखाले उक्त अभियान सुरु गरे त्यहाँका किसानहरुलाई तालिम र विज्ञ सेवामा सिक्कमले सहयोग गर्छ ।’ त्यसका लागि सर्वप्रथम जिल्लाभित्र केमिकल फर्टिलाईजर भित्र्याउने मात्रा घटाउदै विकल्पहरु तयार भएपछि पूर्णत प्रतिबन्ध गरेर जैविक जिल्ला बनाउन सुरु गरे सफलता पाइने उनले बताए ।


मुख्यमन्त्री चाम्लिङले आफ्नो पुर्खाहरु बसेको नेपाललाई जैविक देश बनाएर विश्वमा पहिलो अर्गानिक देश भएको हेर्न चाहेको पनि बताए । सानो सिक्किम स्टेटले सुरु गरेको उक्त अभियानपछि सिक्किमको पर्यटन र खाद्य बजारले विश्वमा चर्चा पाएको बताउँदै नेपालले अर्गानिक देश बनाउन सके पर्यटनमा उल्लेख्य फड्को मार्न सक्ने बताए । अर्गानिक स्टेट भएपछि त्यसैको नामबाट लाखौ पर्यटक सिक्किममा भित्रिएको उदाहरण दिंदै उनले भने, ‘अर्गानिक उत्पादनहरु विश्वभरबाट माग हुन्छ भने जनता स्वस्थ भएपछि स्वास्थ्य क्षेत्रमा सरकार र जनताका खर्च जोगिन्छ ।’ उनले ’दोलखाबाट अर्गानिक जिल्ला बनाउन सुरु गर्दै नेपालभर लागू गर्ने अभियानमा सहयोग गर्न सिक्किम सरकार तयार रहेको पनि बताएका छन् ।


सिक्किम र दोलखाबीचको सम्बन्ध र सहयोग आदानप्रदान गर्न दुई देशबीचको स्वीकृतिलगायत जिल्लास्तरमा प्रकृया सुरु गरिने नेपालका संसद पार्वत गुरुङले बताएका छन् । दोलखाका जनप्रतिनिधिहरु जिल्ला विकासका लागि के के गर्न सकिन्छ भन्ने जान्न र हेर्न सकारी, गैरसरकारी नभई व्यक्तिगत खर्चमा सिक्किम आएको बताउदै भ्रमण अनौपचारिक भए पनि यहाँको प्रदेश सरकारले औपचारिक बनाइदिएको उनले बताए । बुधबार नै सिक्किमका भौतिक मन्त्री गर्जमान गुरुङसाग पनि दोलखा विकासका बारे छलफल भएको थियो । उनले आफ्नो पुर्खाहरु जन्मिएको र हुर्किएको नेपालको पहाडी जिल्लाहरुमा योगदान गर्ने बताएका थिए ।


बुधबार सिक्किमका सारंश गार्डेन कम्प्लेसमा आयोजित ‘सिक्किम अर्गानिक डे’ को उद्घाटन कार्यक्रममा पनि चाम्लिङले नेपालका जनप्रतिनिधिहरुको सहभागिताको चर्चा गरेका थिए । त्यहाँ सिक्किभित्रका अर्गानिक कृषि उत्पादनहरु प्रदर्शन गरिएका थिए । कार्यक्रममा पतन्जली योगपीठका आचार्य बालकृष्णले पनि उद्घाटन मन्तब्यको क्रममा नेपालको सन्दर्भ उल्लेख गरेका थिए।

प्रकाशित : माघ ५, २०७४ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?