१५ दिने सुत्केरी श्रीमतीको हत्या

अर्जुन राजवंशी

दमक — झापाको अर्जुनधारा नगरपालिकाका एक युवकले आफ्नी १५ दिनको सुत्केरी श्रीमतीको हत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विष्णुकुमार केसीका अनुसार अर्जुनधारा १ का २३ वर्षीय दिनेश गहतराज विश्वकर्माले आफ्नी १७ वर्षीया सुत्केरी श्रीमती युनिहाङ लिम्बूको हत्या गरेका हुन् । केसीका अनुसार दिनेशले खुकुरी प्रहार गरि श्रीमतीको हत्या गरेका हुन् । 

शनिबार बेलुका घरायसी विषयमा श्रीमान-श्रीमतीबीच विवाद भएको थियो । सोही क्रममा दिनेशले घरमा रहेको धारिलो खुकुरी प्रहार गर्दा श्रीमती लिम्बूको शरीरको विभिन्न भागमा चोट लागेको थियो । घाँटीमा गहिरो चोट लागेको लिम्बूको घटनास्थलमै मृत्यु भएको एसपी केसीले जानकारी दिए ।


घटनालगत्तै दिनेशलाई प्रहरी चौकी शनिश्चरेले नियन्त्रणमा लिएको थियो ।

प्रकाशित : माघ ७, २०७४ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?