२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

खुकुरी प्रहार गरी बाबुको हत्या

दुर्गालाल केसी

दाङ — तुलसीपुरमा एक जनाले खुुकुरी प्रहार गरी बुवाको हत्या गरेका छन् । तुलसीपुर उपमहानगरपालिका–८ दुधेनाका २९ वर्षिय तेजबहादुर चौधरीले आइतबार राती ५२ वर्षिय बुवा बाबुराम चौधरीलाई खुकुरी प्रहार गरी हत्या गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

घरायसी विवादका क्रममा पछाडिबाट घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ । हत्यापछि चौधरीलाई भान्साकोठामा आत्महत्या गरेको बहना गरी झुण्ड्याएको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।


घाउचोटका आधारमा अनुसन्धान गर्दा छोराले हत्या गरेको रहस्य खुलेको ईप्रका तुलसीपुरका डिएसपी प्रकाश सापकोटाले बताए । हत्या गर्ने छोरालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको र उनले हत्या स्वीकार गरिसकेको उनले जानकारी दिए ।


प्रकाशित : माघ ८, २०७४ १४:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?