१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

बालकको हत्या

रौतहट — रौतहटको राजपुर नगरपालिका-९ बरैयामा मंगलबार बालकको हत्या भएको छ ।

स्थानीय भिखारी देवानको छोरा ८ वर्षीय मोफुजन देवानको धारिलो हतियार प्रहारबाट हत्या भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता डिएसपी रामकुमार दानीले बताए । टाउको र घाँटीमा गरिहो चोट लागेको अवस्थामा देवानको गाउँ नजिकै तोरीबारीमा शव फेला परेको थियो । शव परीक्षणको लागि जिल्ला अस्पताल गौर ल्याइएको प्रहरीले जनाएको छ ।


घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आशंकामा केही बालकसहित ५ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको डिएसपी दानीले बताए ।


स्थानीयका अनुसार मूर्ति सेलाउन बाजागाजासहित विद्यार्थीहरु निस्केका थिए । त्यसक्रममा दुई समूहका बालबालिकाबीच वादविवाद भएपछि झडप हुँदा उक्त घटना भएको अनुमान गरिएको छ ।

घटनास्थल सदरमुकाम गौरभन्दा दक्षिण पश्चिम भारतीय सिमानामा पर्दछ ।

प्रकाशित : माघ ९, २०७४ १७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?