कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

फुटपाथमा सवारी साधन पार्किङ गर्नेलाई कारबाही अभियान

रासस

पोखरा — पोखरा लेखनाथ महानगरपालिका, जिल्ला प्रहरी कार्यालय कास्की र ट्राफिक प्रहरी कार्यालय, कास्कीले सवारी दुर्घटना न्यूनीकरणका लागि फुटपाथमा व्यापार एवं सवारी साधन पार्किङ गर्नेलाई कारबाही अभियान थालेका छन् । 

दिन प्रतिदिन बढ्दो सवारी साधनको क्रमसँगै दुर्घटनामा पनि बढ्दै गएका कारण महानगरलाई स्वच्छ सुन्दर एवं दुर्घटनारहित बनाउने सोचका साथ फुटपाथलाई खुल्ला बनाउने अभियान शुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका सूचना अधिकृत प्रहरी नायब निरीक्षक शिवबहादुर थापाले जाकारी दिए ।


फुटपाथमा व्यापारिक सामानका साथै सवारी साधन नराख्नका लागि सार्वजनिक रुपमा आह्वान पनि गरिसकिएको बताउँदै उनले आगामी दिनमा अटेर गरिएको पाइएमा अधिकतम् कारबाही गरिने जानकारी दिए ।

प्रकाशित : माघ १०, २०७४ १२:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?