परिवार नियोजन गर्ने बढे

स्थायी परिवार नियोजन गराउनेमा ५६ पुरुष र ४५ महिला
बिना थापा

कास्की — जिल्लामा परिवार नियोजन गर्ने महिला र पुरुषको संख्या बढेको छ । सजिलो विधि र सुलभ सेवासँगै जनचेतनाको स्तर वृद्धिका कारण यस्तो भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । 

जनस्वास्थ्यले गत पुस २० देखि स्वास्थ्य चौकीहरूमा परिवार नियोजन शिविर सञ्चालन गरिरहेको छ । गत बिहीबारसम्मको तथ्यांकअनुसार शिविरमा परिवार नियोजन गराउने १ सय २७ जना पुगेका छन्, जसमा भ्यासेक्टोमी ८२ जना पुरुष र मिनिल्याप सेवा ३१ जना महिलाले लिएका छन् ।
अन्यले अस्थायी बन्ध्याकरणको सेवा लिएको परिवार नियोजन अधिकृत सन्तोष पौडेलले बताए । उनका अनुसार माघ १९ सम्म दिइने शिविरमा सेवाग्राही दुई सय जना नाघ्ने अनुमान छ ।
गत वर्ष सञ्चालित शिविरमा स्थायी र अस्थायी गरी १ सय ८३ जनाले परिवार नियोजनको सेवा लिएका थिए । स्थायी परिवार नियोजन गराउनेमा ५६ पुरुष र ४५ महिला थिए । ८२ जनाले अस्थायी बन्ध्याकरणको सेवा लिएका थिए ।
‘जनचेतना बढेकाले स्थायी बन्ध्याकरण गर्नेको संख्या पनि बढदै छ,’ उनले भने । जनस्वास्थ्य कार्यलयका अनुसार आर्थिक वर्ष २०७४/७५ को साउनदेखि मंसिरसम्ममा परिवार नियोजनका विभिन्न अस्थायी साधन प्रयोगकर्ताहरू १७ हजार ५ सय २९ छन् । यिनमा पिल्स प्रयोगकर्ता १ हजार ४ सय ७३, डिपो २ हजार ३ सय ७१, आईयूसीडी ७ हजार ७ सय ५४ र इम्प्लान्ट सेवा लिने ५ हजार ९ सय ३१ छन् । जनस्वास्थ्य प्रमुख दिनेश चापागाईँका अनुसार स्थायी बन्ध्याकरण पुरुषले गर्दा राम्रो हुने कुरा बुझ्ने बढेका छन् । ‘बन्ध्याकरणले सुखी परिवार हुनुका साथै विभिन्न समस्याहरू किनारा लाग्छ,’ उनले भने ।
८ र ४ वर्षका छोरापछि चार महिनाकी छोरी रहेकी हेटौंडा घर भई भरतपोखरी बस्दै आएकी २४ वर्षीया विनिता लामाले मंगलबार स्थायी बन्ध्याकरण गराइन् । ‘गाह्रो हुन्छ, कमजोरी हुन्छजस्तो लागेको थियो तर सजिलै रहेछ,’ उनले भनिन्, ‘श्रीमानसँग सल्लाह गरेर परिवार नियोजन गरेकी हुँ । सन्तान
जन्माएर मात्रै भएन, जन्मेकालाई राम्ररी हुर्काउन ठिक्क भएकै राम्रो ।’ स्थायी परिवार नियोजन गरेको पोखराको अर्मलाका ३६ वर्षीयकमल कार्कीले परिवार नियोजनको सेवा सजिलो लागेको बताए । ‘एउटा छोरा भयो, पुग्यो भनेका थियौं,’उनले भने, ‘१० वर्षपछि झुक्किएर छोरी भई, अनि अब स्थायी बन्ध्याकरण गराएको ।’
आफ्नो चाहनाअनुसार छोरी भएपछि अर्को सन्तान नहोस् भनेर परिवार नियोजन गरेको अर्मलाका दीपक परियारले बताए । ‘परिवार नियोजन गर्दा केही समस्या आउने रैनछ,’ उनले भने, ‘जीवन सुखी बनाउन सन्तान ठिक्क र आफूले सजिलोसँग हुर्काउन सकिने संख्यामै हुनुपर्छ ।’ ४३ वर्षीय परियारका १९ र १८ वर्षका छोरा र ७ वर्षीयाछोरी छन् ।

प्रकाशित : माघ १४, २०७४ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्

सिद्धिचरण राजमार्ग जीर्ण

-यातायात सञ्चालनमा कठिनाइ-सधैं दुर्घटनाको जोखिम
डिल्लीराम खतिवडा

ठाँटीभञ्ज्याङ (उदयपुर) — नियमित मर्मतसम्भार नहुँदा सिद्धिचरण राजमार्गको कटारी(घुर्मी खण्ड जीर्ण बनेको छ । बनेको डेढ दशकमै राजमार्गको ८५ प्रतिशतभन्दा बढी खण्ड जीर्ण बनेको हो ।

महोत्तरीमा निर्माणाधीन जनकपुर जलेश्वर भिठ्ठामोड सडकमा माटो सम्याउँदै स्काभेटर ।

सडक जीर्ण हुँदा यातायात सञ्चालनमा कठिनाइ भएको छ । यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । हरेक वर्ष दर्जन बढी दुर्घटना हुने गरेको छ । तीन महिनाअघि जिप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको थियो । कटारी(घुर्मी खण्ड ठाउँ(ठाउँमा भत्किएको छ । ठूला खाल्डो परेकाले सवारी आवगमनमा उस्तै समस्या छ । दैनिक दजनौं सवारीसाधन आवतजावत गर्ने सडकको अवस्था जीर्ण बन्दै गएपछि सर्वसाधारण चिन्तित बनेका छन् । सामान्यत: १० टन भार क्षमताको सवारीसाधन सञ्चालन हुनपर्ने सडकमा क्षमता बढी भार बोकेर गुडदा समस्या बढेको हो ।
कटारी(घुर्मी ४६ किमिमा एकतर्फी यात्रा गर्न पनि समस्या छ । तर, दोहोरो सवारीसाधन सञ्चालन हुने ४६ किमि क्षेत्रको अधिकांश भाग भत्किएको कटारी नगरपालिका ११ हर्देनीका वडाध्यक्ष दीपक बुढाक्षत्री बताउँछन् । ‘गहुँबारीदेखि घुर्मीसम्म पुरै सडक भत्किएको छ,’ उनले भने, ‘सडक मर्मत र पुनर्निर्माण गर्ने भनेको धेरै वर्ष भयो, तर अहिलेसम्म भएको छैन ।’ सडक मर्मत मात्रैले सुधार हुने अवस्था छैन । त्यसैले पुनर्निर्माण गर्नु आवश्यकता रहेको उनको भनाइ छ । कटारीदेखि घुर्मीसम्मको सडक निर्माणसंगै वटासिल (कालोपत्र) गरिएको थियो । तर डेढ दशक नपुग्दै अधिकांश स्थानमा वटासिल उक्किएर धूले सडक बनेको छ । तराईसंग ओखलढुंगा र खोटाङलाई जोडने मुख्य सडक जीर्ण बन्दै जादाँ समस्या भएको हो । मुलुकका विभिन्न भाग, भुटान र भारतबाट पूर्वको पशुपति भनेर चिनिने खोटाङको हलेसी महादेव दर्शन गर्न आउने तीर्थयात्रुले पनि सडककै कारण सास्ती खेप्नुपरेको छ । विशेषगरी सडकमार्ग हुदै भारत र भुटानबाट आउने तीर्थयात्री कटारी घुर्मी हुदै हलेसी जाने गर्छन् । ‘कटारी घुर्मी खण्डमा सवारी दुर्घटना हुदाँ चिकित्सक, नर्स, राजनैतिक दलका नेता, तीर्थयात्री समेतको मृत्यु भईसकेको छ,’ घुर्मीका भिमबहादुर मगरले भने, ‘बर्षेनी हुने दुर्घटनामा दजनौको संख्यामा सर्वसाधरणदेखि तीर्थयात्रीको समेत मृत्यु भएको छ ।’ तर सरकारले सडकको बिषयमा वास्तै नगरेको उनको गुनासो छ ।
‘कटारी/घुर्मी खण्डको मुख्य समस्या जीर्ण सडकमध्ये ठाँटीभञ्ज्याङ एउटा हो,’ वडाध्यक्ष बुढाक्षत्री भन्छन्, ‘दुवैतर्फ भीर भएकाले सडक भत्कीएर काम नलाग्ने अवस्थामा पुगेको छ ।’ जसकारण बर्सेनी ठूला दुर्घटना हुँदै आएका छन् । ‘सिद्धिचरण राजर्माग सरकारी अपहेलनामा परेको छ,’ कटारी नगरपालिका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले भने, ‘सरकारले सडकको स्तरोन्नतिमा ध्यान नदिँदा सडक जीर्ण बनेको हो ।’ पटक(पटक पहल गरिए पनि काम हुने आश्वसन आएको तर खासै काम हुन नसकेको उनले सुनाए ।

सडक निर्माणमा समस्या
-रवीन्द्र उप्रेती
महोत्तरी– प्रशासनले चासो लिन थालेपछि अलपत्र रहेको जनकपुर(जलेश्वर सडकको निर्माणले पछिल्लो समय गति लिन थालेको छ । अर्कोतर्फ तीव्र गतिमा अघि बढेको माईस्थान गौशाला समसी २७ किमि सडक भने घरटहरा, मुआब्जा विवादकै कारण अहिले सुस्त भएको छ । जनकपुर(जलेश्वर नेपाल सरकारको अनुदान र माईस्थान(गौशाला(समसी भारत सरकारको सहयोगमा निर्माणाधीन छन् ।
प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले आवागमन अवरुद्ध नहोस् भनेर मनसुनअगावै जनकपुर(जलेश्वर सडकलाई तत्काल २ लेन भए पनि ग्राभेल बिछयाउन ठेकेदार र हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालयको सम्पर्कमा आफू रहेको जनाएका छन् ।
समयमा निर्माण पूरा हुन्छ/हुँदैन भन्ने दुवै सडकको नियति बनेको छ । दुवैले उत्तरको पूर्वपश्चिम राजमार्गदेखि दक्षिणको भारतीय सीमालाई जोडने काम गरेका छन् । यी दुवै सडक व्यापारिकदेखि धार्मिक र कूटनीतिक महत्त्व त छ नै जनजीविकासमेत जोडिएकाले यसको निर्माण सबैको चासो बनेको हो । यसअघि यी दुवै सडक भारतीय कम्पनी भिस्वाले ठेक्का लिई काम नगरी भागेकाले लामो समयसम्म बन्ने/नबन्ने दोधारमा थियो । गत वषर््ादेखि पुन. ठेक्का लागे पनि ‘फेरि बन्ने/नबन्ने आशंका हटेको छैन ।
०७३ भदौमा ठेक्का सम्झौता भई ०७६ भदौसम्म काम पूरा भई सक्नुपर्ने जनकपुर जलेश्वर भिठ्ठामोड सडक ठेकेदारको लापरवाहीले निर्माण सुस्त भएको हो । महोत्तरी, धनुषा तथा भारतको सीमा बजार भिठ्ठामोड जोड्ने यो सडकको लम्बाइ १८ किमि छ । ठेकेदार भने २ छन् । तर पनि समझौताअनुसार प्रगति गर्न नसकको यो सडकका ठेकेदारलाई हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय र प्रशासनले तताउन थालेपछि बल्ल कामले गति लिन थालेको हो ।
सडकको नियमन गर्ने जनकपुरस्थित हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरका डीई सन्तोष कर्णकाअनुसार चार लेनमा स्तरोन्नति भइरहेको यो सडकको पिपरा, सहोडवा र विन्धिमा भने सर्भिस लेन थप गरिएको छ । उनका अनुसार जनकपुरदेखि महोत्तरीको विग्ही पुलसम्म पहिलो खण्डको ९ किमि ४३ करोड ५४ लाखमा प्रतिभा वाईपी जेभीले ठेक्का लिएको छ । त्यसदेखि दक्षिण जलेश्वर हुदै भारतीय सीमासम्म पर्ने दोश्रो खण्डमा आशिष पप्पु रोशन जेभीले साढे ९ किमी ४९ करोड ८९ लाखमा पाएको छ । अहिलेसम्म ५० प्रतिशत काम पूरा हुनुपर्नेमा ३० प्रतिशत मात्र प्रगति भएको कर्णले जनाए ।
बर्खा, बाढी, डुबान २ निर्वाचन, विभिन्न चाडबाडका कारण सडक निर्माणमा केही ढिला भएको ठेकेदार कम्पनीले स्विकारेका छन् । लामो शीतलहरले पनि निर्वाध काम गर्न नसकेको आशिष पप्पु रोशन जेभीका प्रतिनिधि राजेश शर्मा बताउँछन् ।
माईस्थानदेखि गौशाला बजार हुँदै समसी जोडने २७ किमि सडक गोल्डेन गुड जेभीले ५७ करोडमा ठेक्का सम्झौता गरेको छ । ४ लेनको यो सडक ०७३ चैतमा ठेक्का सम्झौता भएको थियो । ०७५ चैतमा काम सक्नुपर्ने यो सडकको निर्माण कार्य अनपेक्षित गतिमा अगि बढेकोले निर्धारित समयअगावै पूरा हुने अपेक्षा जगाएको थियो । सडकमा ५० कल्भर्ट निर्माण गर्नुपर्नेमा ३५ वटा बनिसकेका छन् । बाँकी १५ पनि निर्माणको अन्तिम चरणमा छन् । सम्झौताअनुसार आउँदो मे महिनासम्म ४० प्रतिशत काम सक्नुपर्नेमा जनवरीअगावै ३५ प्रतिशत प्रगति भैसकेकोले अन्य ठेकेदार कम्पनीका लागि पनि यो सडक अहिले उदाहरण बनेको छ ।
तर पछिल्लो समय आएर भने यसको गति पनि अवरोध देखिएको छ । सडकमा अतिक्रमित घर टहरा खालि गराउन र मुआब्जा रकममा चित्त नबुझ्दा समस्या थपिएको हो । कठधार, पर्सा र समसीमा ३ सय बढी घर यो सडकमा परेका छन् । उनीहरूलाई खाली गराउन प्रशासनलाई समस्या परेको हो । अर्कोतर्फ जंगली क्षेत्रमा पर्ने साढे १२ हजार रुख कटानमा ढिलाइ हुँदा ६ किमी क्षेत्रमा हातसमेत हाल्न नसकिएको गोल्डेन गुडका प्रतिनिधि अर्जुन सिवाकोटीले जनाए । ‘समयमै रुख र घर टहरा हटाएको भए अहिले ६० प्रतिशत काम सक्ने थियौं,’ ’िवाकोटीले भने ‘अनि निर्धारित समयभन्दा २ महिना पहिले जेठ असारतिरै सडक हस्तान्तरण हुन्थ्यो ।’ प्रजिअ श्रेष्ठको नेतृत्वमा शुक्रबार सडक अनुगमनमा गएको टोलीले यी गाउका स्थानियसंग छलफलसमेत गरेको छ । छलफलमा क्षेत्र ४ का सांसद अरुणकुमार यादव र प्रदेशसभा सदस्य कौशलकुमार यादवको सहभागिता थियो ।

प्रकाशित : माघ १४, २०७४ ०७:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्