नेपाल–भारत अधिकारीबीच सर्वे टोली पर्खने सहमति

रासस

भीमदत्तनगर — कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाटमा नेपाली भूमिमा सडक बनाउने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध गरेको विषयमा दुवै देशका सुरक्षा निकायबीच नेपाल–भारत संयुक्त सर्वे टोलीलाई पर्खेर विवाद समाधान गर्ने सहमति भएको छ । 

केही दिनअघि सडकघाटमा आफ्नै भूमिमा सडक बनाउने क्रममा भारतीय सुरक्षाकर्मीले दशगजामा पर्ने भन्दै अवरोध पुर्‍याएको बेलौरीका स्थानीयवासीको दाबी छ । उक्त विषयलाई लिएर विवाद बढाउनुभन्दा संयुक्त सर्वे टिमले समस्या समाधान गर्ने भन्दै सो विषयमा अनावश्यक अपवाह नफैलाउने सहमति बनेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

Yamaha

कञ्चनपुर निर्वाचन क्षेत्र नं १ का प्रदेशसभा सदस्य कुलवीर चौधरी, बेलौरी नगरपालिकाका नगर प्रमुख पोतीलाल चौधरी, इलाका प्रहरी कार्यालय बेल्डाँडीका प्रहरी निरीक्षक सुरेन्द्रबहादुर बम, सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट बेलौरीका भीमसिंह थापा र भारतीय सीमा सुरक्षा बल (एसएसबी) कम्पोजनगरका प्रमुख सन्दीपकुमार सिंहलगायत स्थानीय बुद्धिजीवीको छलफलसमेत भएको थियो ।

सो छलफलमा सीमानाकामा आवागमनमा दुवै पक्षबाट कुनै किसिमको अवरोध नगर्ने, सद्भाव कायम राख्ने र सीमामा हुने अपराधको रोकथामका लागि संयुक्त गस्ती गर्ने सहमति भएको बेलौरी नगरपालिकाका नगरप्रमुख पोतीलाल चौधरीले जानकारी दिए । उक्त विषयमा मंगलबार दुवैपक्षबीच सडक निर्माणस्थलमै सहमति भएको थियो ।

Esewa Pasal

प्रकाशित : माघ १७, २०७४ ११:४०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

माधवनारण पर्वको समापन

तस्बिर : इलिट जोशी

काठमाडौँ — स्वस्थानी व्रत कथासँगै सुरु हुने माधवनारायण पर्व पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म चल्ने गर्दछ । आज स्वस्थानी व्रतसँगै माधवनारायण पर्व समापन गर्ने दिने हो।

व्रत अवधीमा श्रद्धालुहरु भक्तपुरको हनुमानघाट लगायत काठमाडौं उपत्यकाका विभिन्न तीर्थस्थल तथा नदीहरुमा गएर नुहाई पवित्र भएर माधवनारायणको उपासना गर्ने गर्दछन् ।

आज व्रतालुहरुले भक्तपुरको हनुमानघाटमा स्नान गरी पुजा गरेर व्रतको समापन गरेका छन् ।


प्रकाशित : माघ १७, २०७४ ०९:४७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT