कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

लिफ्टिङ खानेपानी योजनाबाट साढे ४ सय स्थानीय लाभान्वित

स्याङ्जा — सोलार उर्जाबाट लिफ्टिङ गरिएको खानेपानी घर आँगनमा पुग्दा पुतलीबजार नगरपालिका-३ भाइटारीका स्थानीय हर्षित बनेका छन् । 

लिफ्टिङ खानेपानी योजनाबाट साढे ४ सय स्थानीय लाभान्वित

बारम्बार खानेपानी समस्या झेल्दै आएका यहाँका स्थानीयका घरघरमा खानेपानीको पाइप जडान भएपछि उनीहरुमा खुसी छाएको हो । भाइटारीमा केही दिनदेखि सौर्य उर्जाको माध्यमबाट पानी तानेर खानेपानी तथा सिँचाइको व्यवस्था गरिएको छ । पुतलीबजार नगरपालिकाभित्र नै पहिलो पटक सञ्चालनमा आएको लिफ्टिङ निर्माणको लागि स्थानीय मिना थापा, हिरन श्रेष्ठ, देवीशरा थापा, मोहन श्रेष्ठले रापनी जग्गा दिएपछि पुतलीबजारमै पहिलो पटक लिफ्टिङ सोलार उर्जा परियोजना बनेको हो । खानेपानी तथा सिँचाई योजना आरडब्लु नेपाल, आइडिई नेपाल, सप्रोस नेपालको प्राविधिक सहयोगमा बनाइएको हो । उक्त परियोजना निर्माणका लागि ३० लाख १९ हजार ८ सय ८३ रुपैयाँ खर्च लागेको छ ।


‘विगतमा पानीको ठूलो हाहाकार मच्चियो’ स्थानीय मिरा मल्ल भन्छिन्, ‘एक किलोमिटर टाढा पुगेर बाडखोलामा रहेको मुहानबाट पानी ल्याएर खान्थ्यौं । पानीकै लागि धेरै समय विताउनुपर्थ्यो । अहिले सोलार लिफ्टिङबाट घरमै खानेपानी आएपछि रमाइलो छ ।’स्थानीय अनन्तकुमार श्रेष्ठका अनुसार बाडखोलामा रहेको मुहानमा ट्यांकी निर्माण गरी २ दशमलब ४ किलोवाट सोलार उर्जाको माध्यमबाट २५ मिटर भट्रिकल उचाईमा ट्यांकी निर्माण गरी पानी व्यवस्था गरिएको छ ।


उपभोक्ता समिति अध्यक्ष सुवेदार केवी कार्कीले सौर्य उर्जाबाट लिफ्टिङ गरी ट्यांकीमा दैनिक ३१ हजार ८७ लिटर पानी पुग्ने बताए । उनले परियोजनाबाट लाभान्वित घरधुरीको लागि थोपा सिँचाई, नगदेबाली उत्पादन र बजारीकरणमा समेत सहयोग पुग्ने बताए । भाइटारीका ६९ घरधुरीका चार सय ४४ स्थानीयवासी लाभान्वित भएका छन् ।


जिल्ला भूसंरक्षण कार्यालयले एक लाख ३ हजार, जिल्ला वन कार्यालयले १० हजार, पुतलीबजार नगरपालिकाबाट ३० हजार, स्थानीय उपभोक्ताबाट १२ लाख नौ हजार ३७, सोलार मुस परियोजनाबाट ५ लाख २८ हजार र बैंकबाट ऋण एक लाख २८ रकम संकलन गरी योगना निर्माण गरिएको हो ।

प्रकाशित : माघ २०, २०७४ १५:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?