कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कार्यान्वयन गर्न थालिएको राजनीतिक प्रणाली अर्धसंघीयताः नेपाल

चित्रांग थापा

धनगढी — एमाले वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले हाल कार्यान्वयन गर्न थालिएको राजनीतिक प्रणाली अर्धसंघीयता भएको बताएका छन् । 

कार्यान्वयन गर्न थालिएको राजनीतिक प्रणाली अर्धसंघीयताः नेपाल

‘केन्द्रका अधिकारहरु कटाएर प्रदेश र स्थानीय तहमा मनपरी गर्ने कुरा हुँदैन,' बिहीबार कैलाली पुगेका नेता नेपालले पत्रकारहरुसँगको कुराकानीमा भने, ‘केन्द्रले सबै अनुगमन गर्छ ।’ खर्चको हिसावले संघीयता चल्दैन कि भन्ने मनस्थिति अहिले कसैमा हुन जरुरी नभएको उनले बताए । अधिकारको नाममा मनपरी हुन नपाउने उनले बताए ।

पार्टी एकतामा कुनै शंका नरहेको बताउँदै विचारसँग सम्बन्धित सवाल र व्यवस्थापन पक्ष मिलाएर एकता हुने नेपालले बताए । सरकार गठनभन्दा अगाडि नै एकता प्रयास गरिएको भएपनि केही प्राविधिक कारणले ढिलाई भएको उनले बताए ।


‘अब सरकार निर्माण र पार्टी एकता सँगसँगै चल्छ,’ उनले भने । सुरुमा आफू पनि सरकार गठन पूर्व नै पार्टी एकताको पक्षमा रहेको भएपनि केही प्राविधिक र संवैधानिक जटिलताका कारण अब पहिले सरकार गन गर्नु पर्ने पक्षमा रहेको बताए । ‘दुवै कुरा सँगसँगै जान्छ तर सरकार गनको संवैधानिक समय सीमा भएको सरकार पहिले गन हुन्छ,’ उनले भने ।


टीकापुरको कार्यक्रममा हुन सहभागी हुन आएका पूर्व प्रधानमन्त्री नेपाललाई थारु समुदायसँगको सदभाव कायम गर्ने बिषयमा सञ्चारकर्मीहरुले राखेको जिज्ञासामा उनले सवै जातजातिसँग सदभाव कायम गर्ने, शोषण, अन्याय, अत्याचार हुन नदिने बताए ।

प्रकाशित : माघ २५, २०७४ १४:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?