सहयोगको अपिल

काठमाडौँ — दोलखा जिल्ला भीमेश्वर नगरपालिका–७ निवासी म टीकानारायण सुवेदीको १७ वर्षीया छोरी सुशीला सुवेदी बोन क्यान्सरका कारण दस महिनादेखि उपचाररत छिन् ।

सहयोगको अपिल

गत वर्षको एसईई परीक्षामा सीजीपीए ३.७५ ल्याएकी उनी रोगको कारण प्लस टु पढ्न सकिनन् । हाल राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गराइरहेको छु । डाक्टरको सल्लाहअनुसार उनको घुँडाको शल्यक्रिया गर्नुपर्छ । आफूसँग भएको र आफन्तहरूसँगको सरसापटबाट अहिलेसम्मको उपचार गरेको थिएँ ।


अब कसैको सहयोगविना थप उपचार गर्न असमर्थ छु । तसर्थ देश–विदेशमा रहनुभएका सहयोगी व्यक्ति तथा संघ–संस्थासँग सहयोगको अपेक्षा गरेको छु । मेरो छोरीलाई सहयोग गर्न चाहनुहुने व्यक्ति तथा संघ–संस्थाले राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नं. १११००१३११८१० मा आफूले सकेको रकम जम्मा गरी सहयोग गरिदिनुहुन अनुरोध गर्छु साथै ९८४९२८९२६५ मा सम्पर्क गरी थप जानकारी लिन सकिनेछ ।

प्रकाशित : माघ २६, २०७४ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?