२ दुर्घटनामा चार जनाको मृत्यु

रासस

अछाम/राजविराज — आइतबार अछाम र सप्तरीमा भएका २ दुर्घटनामा ४ जनाको मृत्यू भएको छ ।

रामारोसन गाउापालिका ३ मुजा बगरमा आइतबार ट्याक्टर दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको छ ।


मृत्यु हुनेमा रामारोसन गाउँपालिकाका कलशी साउथ र नरु भण्डारी छन् । सिलाइकटाइका काममा जाँदा से १ त ३१४८ नं को ट्याक्टर दुर्घटना अन्य दुई जना घाइतेको बयलपाटा अस्पतालमा उपचार भईरहेको छ ।


राजविराज– सप्तरीको उत्तरी पूर्वी भेगमा पर्ने फत्तेपुर–कञ्चनपुर सडक खण्डअन्तर्गत मलेठमा माइक्रोबसमा मोटरसाइकल ठोक्किदा आइतबार बिहान दुई जनाको मृत्यु भएको छ ।


फत्तेपुरबाट काठमाडौं जाँदै गरेको बा ४ ख ८२४ नं को माइक्रोबस र कञ्चनरुप नगरपालिका–६ मलेठस्थित मोडमा घुमाउने क्रममा पछाडिबाट आइरहेको को ३१ प ३३५० नं को मोटरसाइकल ठोक्किदा उदयपुरको बोल्का नगरपालिका, तपेश्वरीका मोटरसाइकल चालक २५ वर्षीय राजेशकुमार साह र पछाडि सवार सुनसरीको इनरुवा नगरपालिका २ का २६ वर्षीय दिलीपकुमार साहको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।


राजेशको विराटनगरस्थित न्यूरो अस्पतालमा र दिलीपको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । दुर्घटनामा परेका सवारी साधनलाई इप्रका कञ्चनपुरले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : फाल्गुन १३, २०७४ १४:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?