३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

लागूऔषध कारोबारी पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — राजधानीको सुन्धारा क्षेत्रमा लागूऔषध विक्री वितरण गर्दै आएका एकजना कारोबारी रंगेहात पक्राउ परेका छन्

लागूऔषध कारोबारी पक्राउ

महानगरीय प्रहरी अपराध महाशाखाले शनिबार सुन्धाराबाट सुनसरी बक्लौरी–६ बस्ने ३७ वर्षीय प्रेमबहादुर राईलाई १ सय ९७ थान लागूऔषधसहित नियन्त्रणमा लिएको हो ।

राईको साथबाट प्रहरीले डाइजेपाम, नूफिन र फेनारगन बरामद गरी थप कारवाहीका लागि आइतबार महानगरिय प्रहरी परिसर काठमाडौंलाई बुझाएको छ ।


प्रकाशित : फाल्गुन १३, २०७४ १४:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?