२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

विस्फोटक पदार्थसहित युवा पक्राउ

हरिहरसिंह राठौर

धादिङ — नागढुंगाबाट प्रहरीले विस्फोटक पदार्थ डेटोनेटर र जिलेटिनसहित एक युवालाई पक्राउ गरेको छ । 

विस्फोटक पदार्थसहित युवा पक्राउ

धादिङबाट काठमाडौं जाँदै गरेको बा ३ ख ९७१९ नम्बरको बसमा सवार दैलेख नौमुले-८ का २४ वर्षीय दशरथबहादुर शाहीलाई विस्फोटक पदार्थसहित पक्राउ गरिएको हो ।


महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी निरीक्षक केशव भट्टका अनुसार शाहीको साथबाट बम बनाउने सामग्री, सुपर पावर लोला ९० थान, डेटोनेटर १२ थान, सेफ्टी फ्युज ४४ थान, डोरी, गुलेली १ थान र कालो टेप २ थानसहित शाहीबाट बरामद भएको हो । थप अनुसन्धान भइरहेको नागढुङ्गा प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित : फाल्गुन १६, २०७४ १९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?