धादिङ बिचबजारमा युवक माथी खुकुरी प्रहार

हरिहरसिंह राठौर

धादिङ — सामान्य विवादमा भएको झगडामा खुकुरी प्रहार भए पछि खनियावास–१, झार्लाङ्ग निवासी २५ वर्षीय राजु तामाङ्ग सख्त घाइते भएका छन् । सदरमुकाम बिचबजारस्थित पुल हाउसमा आइतबार भएको सामान्य विवादमा सोमबार बिहान आक्रमण भएको हो ।

धादिङ बिचबजारमा युवक माथी खुकुरी प्रहार

पुल हाउसमा सोमबार बिहान रुबी भ्याली–४, तिप्लिङ्ग निवासी मार्कोस घलेसहित ६ जनाको समूहले तामाङलाई खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट तामाङको गर्धन, टाउको तथा हातमा गम्भिर चोट लागेको जिल्ला अस्पतालले जनाएको छ । गम्भिर घाइते तामाङलाई जिल्ला अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागी काठमाण्डौं पठाइएको छ ।


खकुरी प्रहार गर्ने मार्कोस लगायत ओम तामाङ, सन्तोष लामा तामाङ, प्रनिष घलेलाई प्रहरीले मोटरसाइकलमा भाग्दै गरेको अवस्थामा दामगाडेबाट नियन्त्रणमा लिएको प्रहरी नायव उपरिक्षक रामकुमार केसीले बताए । खुकुरी प्रहार गर्ने समुह गत आइतबार जिल्ला प्रहरी कार्यालयमा गएर आफूलाई राजु तामाङले आक्रमण गरेको उजुरी दिएका थिए । आइतबार परेको उजुरी छानबिनमै रहेको क्रममा सोमबार आक्रमण गरिएको हो ।


प्रकाशित : फाल्गुन २१, २०७४ १४:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?