कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रतिनिधिसभा र राष्ट्रिय सभाको अन्तरिम कार्यविधि–२०७४ पारित

शेखर अधिकारी

काठमाडौँ — प्रतिनिधिसभाको अन्तरिम कार्यविधि–२०७४ पारित भएको छ । प्रतिनिधि सभाको सोमबार बसेको पहिलो बैठकले अन्तरिम कार्यविधि पारित गरेको हो । 

प्रतिनिधिसभा र राष्ट्रिय सभाको अन्तरिम कार्यविधि–२०७४ पारित

यसैगरी सोमबार कै बैठकले प्रतिनिधिसभाको अन्तरिम कार्यविधि–२०७४ बमोजिम सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सांसदहरुको नाम मनोनयन गरेको छ । जसमा, खगराज अधिकारी, मनबहादुर विश्वकर्मा, लक्ष्मणलाल कर्ण र उमाशंकर अरगरियालाई मनोनित गरिएको छ ।


यसैगरी राष्ट्रिय सभाको अन्तरिम कार्यविधि–२०७४ पनि आजै पारित भएको छ ।


बैठकले राष्ट्रिय सभाको अन्तरिम कार्यविधि–२०७४ अनुसार अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा अध्यक्षता गर्न पर्शुराम नेघि गुरुङ, राधेश्याम अधिकारी र कालिबहादुर मल्ललाई मनोनयन गरेको छ ।

दुवै सभाको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइएको थियो । दुवै सभाको बैठक मंगलबार विहान ११ बजेका लागि बोलाइएको छ ।



प्रकाशित : फाल्गुन २१, २०७४ १७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?