कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुर्घटनामा साइकल यात्रुको मृत्यु 

नारायण शर्मा

नवलपरासी — नवलपरासीको महेन्द्रराजमार्ग अन्तरगत डण्डमा एक गाडीले साइकल चालकलाई ठक्कर दिदा मंगलबार एक जनाको मृत्यु भएको छ । 

दुर्घटनामा मध्यबिन्दु नगरपालिका–३ निवासी ५५ वर्षीय लक्ष्मण कार्कीको मृत्यु भएको हो ।

साइकलमा राजमार्गमा हिड्दै गरेका उनलाई ठक्कर दिने गाडीको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । ठक्कर दिएको अश‌कामा ४ वटा गाडीलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । मृतकका आफन्तले गाडी पत्ता लगाउन माग गर्दै केही समय राजमार्ग अबरुद्ध गरेका थिए । प्रहरीले ठक्कर दिने गाडी पत्ता लगाउने बाचा गरेपछि राजमार्ग खुलाएको छ ।

प्रकाशित : फाल्गुन २२, २०७४ १३:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?