कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

प्रशासन आफ्नै भवन

कान्तिपुर संवाददाता

पाल्पा — जिल्ला प्रशासन कार्यालय १२ वर्षपछि आफ्नै नयाँ भवनबाट सेवा दिन थालेको छ । २०६२ माघ १८ गते तत्कालीन विद्रोही माओवादीको आक्रमणबाट ध्वस्त कार्यालय पुनर्निर्माण भएपछि सुविधा सम्पन्न भवनबाट सेवा दिन थालेको हो ।

ऐतिहासिक पाल्पा दरबारमा रहेको प्रशासन कार्यालय ध्वस्त भएपछि बालमन्दिरको स्वामित्वमा रहेको विद्यालय टहराबाट सेवा प्रवाह गर्दै आएको थियो । चार वर्षअघि ठेक्का सम्झौता भई फागुनको दोस्रो साता निर्माण कार्य पूरा भएपछि आफ्नै भवनबाट सेवा प्रवाह सुरु भएको छ ।


‘बालमन्दिरको कक्षाकोठाबाट कार्यालय सञ्चालन गर्दा कर्मचारी र सेवाग्राहीलाई अप्ठ्यारो भएको थियो,’ प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले भने, ‘अहिले सेवाग्राहीको सुविधाका लागि प्रतीक्षालयसहितको भवनले सहज भएको छ ।’ पाल्पा दरबारलाई संग्रहालय बनाउने निर्णय भएपछि २०७१ मा टेन्डर गरेर प्रशासन भवन निर्माणको काम सुरु भएको थियो ।

प्रकाशित : फाल्गुन २६, २०७४ ०६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?